Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

द्वन्द्व पीडितलाई न्यायका लागि ढिलाइ नगर्ने शीर्ष नेताको प्रतिबद्धता

- shuvadmin / बिहिबार, चैत १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, तीन शीर्ष नेताले द्वन्द्व पीडितलाई न्यायका लागि ढिलाइ नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजधानीमा सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आयोगलाई छिट्टै पूर्णता दिँदै पीडितलाई यथासिघ्र न्याय प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सङ्क्रमणकालीन आयोगलाई पूर्णताका लागि सिफारिस समिति गठन भएको भन्दै त्यसले स्वायत्त, निष्पक्ष र सक्षम व्यक्ति सिफारिस गर्ने उल्लेख गरे ।

“शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन कसैको पनि मतभेद छैन् ।

सबैको सहमतिमा सिफारिस समिति गठन भएको छ,” देउवाले भने, “सरोकारवाला सबै पक्षको मनोभावना समेट्ने गरी आयोगलाई निष्पक्ष र स्वायत्त बनाउने गरी सिफारिस समितिले काम गर्नेछ।

पीडितका अधिकार प्राथामिकतामा राखेर पारदर्शी ढङ्गले अब गठन हुने आयोगले काम गर्नेछ ।”

नेपालले शान्ति प्रक्रियालाई मौलिक तरिकाले टुङ्गोमा पुर्‍याउने दाबी गर्दै उनले नेपालको शान्ति प्रक्रिया विश्वका लागि मानक बन्ने दाबी गरे ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले यसपटक बेपत्ता व्यक्ति छानबिन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई सरकारले सफल बनाउने बताए ।

“पहिले पनि दुईपटक बनाएका सिफारिस समितिले काम गर्न सकेन । अलमल भयो ढिलाइ भयो । अब ढिलाइ हुँदैन,” उनले भने ।

पीडितलाई न्याय दिलाउँदै शान्ति प्रक्रियालाई टुङ्गो पुर्‍याउने काम आफ्नो प्राथामिकतामा परेको उनले बताए ।

“म यसपटक पीडितलाई न्याय दिलाउँदै शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन चाहन्छु । विगतमा ढिलाइ भए अब यस्तो हुँदैन ।

म यसलाई टुङ्गोमा पुर्‍याउन चाहन्छु, यसको श्रेय अरूले लिए हुन्छ, तर यसपटक जसरी पनि टुङ्ग्याउने पक्षमा छु,” उनले भने ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने विषयमा कुनै विमति नरहेको बताए ।

पीडितहरूलाई न्याय दिलाउनका निम्ति सबै दल तयार रहेको उनको भनाइ छ ।

सिफारिस समितिले छिट्टै संक्रमणकालीन न्याय सम्बन्धि आयोगलाई पूर्णता दिने र आयोगले निष्पक्ष कार्यसम्पादन गर्ने उनले बताए ।

“शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयमा सैद्धान्तिक विमति कसैको पनि छैन । अब आयोगहरूलाई पूर्णता दिलाएर धमाधम काम हुनेछ ।

विगतमा आयोग गठन भएपनि ऐनको अभावमा काम पुरा हुनसकेन । यसपटक ऐन पनि आइसकेको छ ।

हामी मौलिक तरिकाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउछौँ,” दाहालको भनाइ छ ।

नेपालको शान्ति प्रक्रियामा सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायलाई तीन शीर्ष नेताले धन्यवाद दिएका छन् ।

पीडितहरूको चासो र चिन्तालाई सम्बोधन गर्दै शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने प्रतिबद्धता उनीहरूको छ ।

Page Views: 87
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama