Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुन तस्करीका विभिन्न जालाहरू खोजिँदै, २५ करोडको मालिक नजिकै पुग्दै अनुसन्धान

- shuvadmin / शुक्रबार, चैत १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, संघीय राजधानी काठमाडौंमा नै सुन तस्करीका लागि लगिँदै गरेको २५ करोडभन्दा बढी रकम बरामद भएको विषयमा मुख्य मालिक पत्ता लगाउने गरी अनुसन्धानलाई तीव्रता दिइएको छ ।

राजस्व अनुसन्धान विभागले यस प्रकरणको अनुसन्धान गर्ने क्रममा तस्करीमा संलग्न मुख्य योजनाकारसहितका विभिन्न जालोहरू पत्ता लगाउने गरी अनुसन्धानलाई तीव्रता दिएको हो ।

२५ करोड नगदसँगै पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामाले प्रयोग गर्ने गरेका दुईवटा मोबाइलको कल डिटेल्सबाट धेरै तथ्यहरू फेला पार्न सकिएको विभागका अनुसन्धान अधिकारीहरूले बताएका छन् ।

विभागका अधिकारीहरूले लामासँग लागातार बयान लिँदै आइरहेका छन् ।

तर, बयानका क्रममा लामाले सधैंजसो नै थाहा छैन भन्ने गरेपछि विभागले लामाले प्रयोग गर्दै आइरहेको दुईवटा मोबाइलको कल डिटेल्स पत्ता लगाउन फरेन्सिक ल्याबमा पठाएको थियो ।

फरेन्सिकबाट कल डिटेल्स प्राप्त भएकाले २५ करोड तस्करीका धेरै क्लुहरू पत्ता लागिसकेको अनुसन्धान अधिकारीहरूको दाबी छ ।

विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले २५ करोड तस्करी प्रकरणमा संलग्न मुख्य पक्षहरूको नजिक नजिक पुग्न सकिएको जानकारी दिए ।

‘यस प्रकरणको अनुसन्धान धेरै अगाडि बढिसकेकाले संलग्न मुख्य पक्षको नजिक नजिक पुग्न सकेका छौं, छिट्टै वास्तविकता पत्ता लाग्ने विश्वास गरेका छौं’ –महानिर्देशक घिमिरेले भने ।

विभागले लामासँग कन्ट्याक्टमा रहेका केही व्यक्तिहरूलाई उच्च निगरानीमा राख्दै आवश्यकताअनुसार उनीहरूसँग पनि बयान लिने तयारी गरेको बताइएको छ ।

प्रहरीले चैत्र ४ गते राती विशेष सूचनाका आधारमा काठमाडौंको उत्तरभेगमा पर्ने टोखा नगरपालिका–२ झोरमा २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपियाँ बराबरको डलर र युरो बरामद गरेको थियो ।

प्रहरीका अनुसार सो रकम काठमाडौंको टोखाबाट त्रिशूली हुँदै चीनको केरुङतर्फ लैजाने तयारी गरिएको थियो ।

प्रहरीले सो रकम सुन खरिद गर्नकै लागि लैजान लागिएको दाबी गर्दै आइरहेको छ ।

प्रहरीले थप अनुसन्धान गर्न लामा र बरामद भएको पैसा राजस्व अनुसन्धान विभागलाई हस्तान्तरण गरेपछि विभागले यस विषयमा गहन र विस्तृत अनुसन्धान गर्दै आइरहेको हो ।

विभागका अधिकारीहरूले यस प्रकरणलाई विभिन्न कोणबाट अनुसन्धान जारी राखेका छन् ।

यस प्रकरणमा ठूलै जालो रहेको र बारम्बार सोही नाका हुँदै करोडौं सुनको तस्करी हुने गरेको पाइएको स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका ट्रक चालक लामाले चिनियाँ व्यक्तिले आफूलाई केही सामान दिएको तर त्यो सामानमा त्यति धेरै पैसा छ भन्ने विषय आफूलाई थाहा नभएको प्रहरीसमक्ष बताएका थिए ।

लामा आफैं पनि व्यावसायिक सुन तस्कर भएको पाइएको छ । लामा यसअघि ७ किलो सुनसहित १३ पुस २०७३ मा कलंकीबाट पक्राउ परेर केही वर्षपछि छुटेका थिए ।

लामाले छुटेर पनि फेरि त्यतिखेरदेखि नै सुन तस्करीको धन्दा सञ्चालन गर्दै आइरहेको देखिएको एक अनुुसन्धान अधिकृतले बताए ।

Page Views: 67
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama