Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हामीलाई सामन्तको खाँचो छैन् : महासचिव चन्द

- shuvadmin / शुक्रबार, चैत १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल कम्युनिस्ट पार्टीमा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल पश्चगमनमा नफर्किने बताएका छन् ।

नेपाली जनताले गणतन्त्रमा गौरव गर्ने भएकाले मुलुक पश्चगमनमा नजाने बताएका हुन् ।

गणतन्त्र भित्रका समस्या समाधान गर्दै जानुपर्ने भन्दै वर्तमान समस्या कुनै सामन्तले समाधान गर्न नसक्ने बताए । ‘

म राजवादीहरूलाई भन्न चाहन्छु, हामीलाई सामन्तको खाँचो छैन् । नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्रमा गौरव गर्ने भएकाले फेरि सामन्तको शासन स्वीकार गर्ने छैनन्,’ उनले भने ।

गणतन्त्रभित्रका कमजोरीको सुधारमा राजनीतिक दलहरू अघि बढ्नुपर्ने उनले बताए ।

अग्रगामी शक्तिले नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको छ । हामी सच्चिनुपर्ने बेला आएको छ ।

हामी सामन्ती शासनमा फर्किने होइन मुलुकलाई समाजवादीको बाटोमा अग्रसर गराउन अघि बढ्नुपर्छ,’ उनले भने ।

राजावादीहरूको आन्दोलनलाई साधरण ठान्न नहुने उनले बताए । ‘राजा पुर्नस्थापनाको आन्दोलनलाई केही पनि होइन भन्नु हुँदैन् ।

यसमा केही षड्यन्त्र भएका हुनसक्छन् । त्यसलाई पररास्त गर्नुपर्छ,’ उनले भने ।

मुलुकलाई समाजवादमा लाँदै मुलुकलाई समृद्धिको बाटोमा लान अग्रगामी शक्तिहरू सक्षम रहेको उनले बताए ।

नेपालको रूपान्तरणका लागि अब नयाँ ढङ्गले लाग्नुपर्ने बताए । जनताको स्वाभिमानको सम्मान र समृद्धि सुनिश्चित हुने मुलुक निर्माणमा अघि बढ्नुपर्ने उनले बताए ।

अग्रगमनको यात्राका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने उनले बताए ।

Page Views: 25
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama