Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राजावादीको आन्दोलन उग्र बनेपछि सडकमा निस्कियो सेना

- shuvadmin / शुक्रबार, चैत १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राजावादीको आन्दोलन उग्र बनेपछि नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ । तीनकुने क्षेत्रमा कर्फ्यु जारी भएसँगै सेना सडकमा निस्किएको हो ।

काठमाडौँको तीनकुनेमा सेना पठाइएको छ। जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले तनावग्रस्त तीनकुने क्षेत्रमा सेना पठाइएको जानकारी दिए।

तीनकुने क्षेत्रमा आज राजावादीले प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र हुँदा तीनकुने क्षेत्रमा व्यक्तिका घर र कार्यालयहरूमा आगजानी र तोडफोड भएको छ।

कर्फ्यु आदेश जारी भएसँगै जिल्ला सुरक्षा समितिको बैठकले सेना खटाउने निर्णय गरेको हो।

काठमाडौँ प्रशासनले गौशालादेखि विमानस्थल, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर क्षेत्र, कोटेश्वरदेखि जडिबुटी पुलसम्म, बानेश्वरचोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी गरेको छ।

कर्फ्यु अपराह्न ४: २५ बजेदेखि राति १० बजेसम्मलाई आदेश जारी भएको प्रशासनले जनाएको छ।

त्यस्तै प्रशासनले यस अवधिमा यी क्षेत्र आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन बैठक र घेराउ गर्न नपाउने बताएको छ।

Page Views: 75
संबन्धित शिर्षकहरु
साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
ताजा अपडेट
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama