Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

होटल व्यवसायी महासंघको साधारणसभा हुँदै, पर्यटनमन्त्रीलाई गुनासो सुनाउने

- shuvadmin / शनिबार, चैत १५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, होटल व्यवसायी महासंघको १२औं वार्षिक साधारण सभा शनिबार काठमाडौंमा हुँदै छ ।

महासंघले कलंकीमा पत्रकार सम्मेलनको आयोजना गरी साधरणसभा हुनेबारे जानकारी गराएको हो ।

महासंघका अनुसार साधारणसभा गौशाला पिंगलास्थानमा रहेको होटल क्रिष्टलमा हुने छ ।

साधारणसभामा प्रमुख अतिथि रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, त्यस्तै बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, पर्यटन सचिव विनोदप्रकाश सिंह, काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठलगायत उपस्थिति रहने छ ।

साधारणसभामा करिब ३ सय प्रतिनिधिको सहभागितन रहने आयोजकले जनाएको छ । आज महासंघको सचिवालय र केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो ।

पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नहरुको महासंघका अध्यक्ष दिनेशकुमार चुकेलगायतकले जवाफ दिएका थिए ।

अध्यक्ष चुकेले होटल व्यावसायीमाथि लाग्ने गरेका आरोपबारे पनि आफूलाई जानकारी भएको बताउँदै थपे ‘ हामीमाथि केही आरोप लागेका छन्, त्यसलाई कम पार्ने र सकेसम्म पूरै व्यवस्थापन गर्न हामी लागिरहेका छौं ।’

पर्यटनसँग सम्बन्धित मागहरू सम्बोधन नभएको अवस्थामा ती माग साधारणसभामा उठाउने कार्यक्रम रहेको अध्यक्ष चुकेले जानकारी दिए ।

यसैगरी पर्यटन ऐन, २०३५ लाई परिमार्जन गर्ने सम्बन्धमा पर्यटन मन्त्री, सचिव र सराकारवालसँग छलफल गर्ने कार्यक्रम रहेको महासंघका महासचिव टिआर भण्डारी (शंकर) ले जानकारी दिए ।

महासचिव भण्डारीले साधारणसभामा छलफल भएका विषयलाई लिएर सम्बन्धित निकायसम्म जाने र समाधानको पहल गरिने बताए ।

महासंघका अनुसार होटल व्यवसायीहरूले यो क्षेत्रमा करिब ५ खर्ब लगानी गरेका छन् भने बैंक तथा सहकारीहरूबाट २ खर्ब रुपैयाँ कर्जा कारोबार गरेका छन् ।

होटल व्यवसायीहरू पारिवारिक रूपमा आफै होटलमा संलग्न छन् भने १३ लाख ५० हजारले रोजगारी पाएको महासंघले जनाएको छ ।

नेपालको अर्थतन्त्रमा होटल क्षेत्रले महत्वपूर्ण योगदान पुर्याइरहेको भएपनि यस क्षेत्रले राखेका मागहरूको सम्बोधन गर्न भनें सरकार तयार नभएको अध्यक्ष चुकेले बताए ।

होटल व्यवसायी महासंघ देशैभरि छरिएर रहेका साना, मझौला र ठूला होटल, रेष्टुरेण्ट, व्याड्केट, रिसोर्ट, लाउन्ज एवम् क्याफेलगायत फुड एण्ड अकोमोडेसन सेवाको क्षेत्रमा व्यवसाय संचालन गरिरहेका व्यवसायीहरुको छाता संस्था हो ।

२०६८ सालमा महासंघको स्थापना भएको हो । साधारणसभाको सह–आयोजकको रुपमा जिल्ला होटल व्यवसायी संघ काठमाडौं रहेको छ ।

Page Views: 71
संबन्धित शिर्षकहरु
साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
ताजा अपडेट
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama