Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाली खानाको प्रर्वधन गर्न अन्तर–कलेज कुकिंग कम्पिटिसन

- shuvadmin / मङ्गलबार, चैत १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली सेफ सोसाइटी नेपालले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला २०८२ तथा अन्तर–कलेज कुकिंग कम्पिटिसन २०८२ को आयोजना गर्ने भएको छ ।

सोसाइटीले मंगलवार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अन्तर–कलेज कुकिंङ कम्पिटिसन २०८२ तथा नेपाली परम्परागत खानाको प्रदर्शनी गरिने जनाएको छ ।

प्रतियोगितामा कलेज तहका विद्यार्थी शेफहरूले आफूमा रहेको पाक–कला प्रतीभाको देखाएर नेपाली परम्परागत खानालाई प्रर्वधन गर्ने अवसरका रुपमा प्रयोग गर्न सक्ने छन् ।

प्रतियोगिताले उत्कृष्ट कलेजका विद्यार्थी शेफहरूलाई सम्मानित गरी राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय जगतमा चिनाउने अवसर मिल्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन सबै कलेजलाई विशेष आह्वान गरिएको र व्यावसायिक स्टल बुकिङ खुला गरेको जनाएको छ ।

यो आयोजनाले नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने विश्वास आयोजकको रहेको छ।

प्रतियोगिता नेपाली सेफ सोसाइटी नेपाल (एनसीएस) र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी (आईएनसीएस) को संयुक्त आयोजनामा आगामी ४ वैशाख २०८२ (अप्रिल १७, २०२५) मा अकेडेमी अफ कलिनरी आट्र्स, कलेज लगनखेलमा हुने छ ।

प्रतियोगिताका विजेता टोलीहरूलाई प्रथम हुनेलाई रु एक लाख, द्वितीय रु पचहत्तर हजार र तृतीय रु पचास हजार, मेडल र सहभागी कलेज लाई प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

प्रदर्शनी तथा मेला भने आगामी ६ वैशाख २०८२ तदनुसार अप्रिल १९, २०२५ भृकुटीमण्डप, काठमाडौंमा बिहान १० बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुने छ।

नेपाली खानाको मौलिकता, विविधता र यसको अन्तरर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्यका साथ कार्यक्रममा युरोप, दक्षिण अमेरिका लगायत ३६ वटा राष्ट्रबाट नेपाली सेफहरुको सहभागिता रहने छ।

नेपाली रैथाने खाना प्रर्वधन गर्न खानामा रुचि राख्नेहरूको सहभागिताको अपेक्षा गरेको कार्यक्रमका विशेषताहरूमा नेपाली परम्परागत खानाका परिकारहरूको रहनेछन् ।

व्यावसायिक स्टल बुकिङ खुला रहेको जनाउँदै आयोजकले सीमित मात्रामा स्टलहरू भएकाले इच्छुक व्यक्ति तथा संस्थाले स्टल बुकिङ गर्न अनुरोध गरेको आयोजकले अनुरोध गरेको छ ।

अन्तर्राष्ट्रिय सेफ सोसाइटीको प्रथम अधिवेशन पनि भएकोले कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम, झाँकी तथा अवार्ड वितरणसमेत गरिने सोसाइटी नेपालका महासचिव गिरिराज भट्टले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सेफ एसोसिएसनका पूर्वअध्यक्ष रत्नबहादुर थापा,कुलिनरी आर्ट्स कलेजका डाइरेक्टर आशिष महर्जन कुलिनरी आट्र्स कलेजका किचेन डाइरेक्टर विष्णु श्रेष्ठ, नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशल, वरिष्ठ उपाध्यक्ष बसन्त राई। उपाध्यक्ष शिवहरी घिमिरे, कोषाध्यक्ष विष्णु खत्रीलगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Page Views: 21
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama