Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, साउन ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

- shuvadmin / बिहिबार, चैत २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चैत १५ गते तीनकुने र कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाई नेतृत्वमा भएको राजावादी प्रदर्शनका क्रममा भाटभटेनी सुपरस्टोरमा भएको लुटपाटमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निर्वाचन क्षेत्र समिति खोटाङका पूर्वसंयोजक राजकुमार राई पनि रहेको खुलासा भएको छ।

अमेरिकाबाट पीएचडी गरेका राई सीसीआरसी कलेज, बालकुमारीका निर्देशकसमेत हुन्।

प्रहरीका अनुसार उनी चैत १५ गते कोटेश्वरको भाटभटेनी सुपरस्टोरबाट महँगा ब्रान्डका ब्ल्याक लेबल, ब्यू लेबलजस्ता ह्विस्की चोरी गरिरहेको अवस्थामा सीसीटीभी फुटेजमा देखिएपछि पक्राउ परेका हुन्।

खोटाङको रावाबेसी गाउँपालिका-१ निवासी राईलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी परिसर, काठमाडौँले जानकारी दिएको हो।

प्रहरी स्रोतका अनुसार, भाटभटेनी लुटपाटका क्रममा भीडलाई उत्तेजित पार्ने कार्यमा पनि राई संलग्न थिए।

पक्राउ परेपछि राईको फेसबुक पेज डिएक्टिभेट गरिएको छ भने उनको मोबाइल पनि स्वीचअफ छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लुटपाटमा संलग्न राईसहितका अन्य व्यक्तिहरूमाथि अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद थप गरिएको जानकारी दिएका छन्।

Page Views: 55
संबन्धित शिर्षकहरु
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
पाककलाको क्षेत्रमा सेफ भवी खनालकाे अन्तर्राष्ट्रिय स्तरको पहिचान
ताजा अपडेट
  • नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
  • बाढी पहिरोका कारण विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध
  • पाककलाको क्षेत्रमा सेफ भवी खनालकाे अन्तर्राष्ट्रिय स्तरको पहिचान
  • आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण
  • कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
  • माैसम बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने
  • नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
  • च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama