Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, जेठ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

श्रम शोषणविरुद्ध डाक्टरहरू सडकमा, तोकिएको तलब नपाएको गुनासो

- shuvadmin / आइतबार, चैत २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल मेडिकल कलेज, जोरपाटीका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।

आइतबार श्रम शोषण विरुद्ध उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए ।

आन्दोलनरत डा।राजु चौधरीले मन्त्रिपरिषदबाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए ।

उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए ।

उनले भने, ‘मन्त्रिपरिषदबाट नै पास भइसकेका कुरा अर्थात् न्यूनतम् तलब ४८ हजार निजी मेडिकलहरूले लागू गरिरहेका छैनन् ।

त्यसैका विरुद्धमा हाम्रो शान्तिपूर्ण विरोध हो । अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाउँमा सडकमा आएर आफ्नो कुराहरू राख्ने परिस्थिति छ ।

यसले हामीलाई चिन्तित बनाएको छ । सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैन भन्नेजस्तो भयो । माग सम्बोधन नभएसम्म हामीले सडकमै हुनेछौँ ।

यस्तै, डा।अनुशा थापाले सरकार र मेडिकल ऐजुकेशन कमिसनबाट यति तलब दिनुपर्ने भनेर तोकिसक्दा पनि अझैसम्म पनि मेडिकल कलेजहरूबाट कार्यान्वयन नभएको भन्दै धर्नामा आएको बताइन् ।

उनले भनिन्, ‘आन्दोलनको मुख्य कुरा भनेको सरकार र मेडिकल ऐजुकेशन कमिशनबाट ४८ हजार तलब दिनुपर्ने हामीले गरेको कामको आधारमा यति दिनुपर्ने भनेर तोकिसक्दा पनि अझैसम्म पनि माग पूरा नभएकाले धर्नामा आएका हौं ।’

उनीहरूले ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेका छन् ।

मन्त्रिपरिषदबाट पारित भएको न्यूनतम् तलब ४८ हजार पाउनु पर्नेमा आफूहरूलाई १९ हजार ५०० मात्र दिइएको उनीहरुको भनाइ छ ।

Page Views: 45
संबन्धित शिर्षकहरु
किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
नागरिक उड्डयनमा मुकेश डंगोल नियुक्त
स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
ताजा अपडेट
  • किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
  • नागरिक उड्डयनमा मुकेश डंगोल नियुक्त
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
  • गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
  • ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
  • कुक फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
  • आमाको नामबाट चार महिनामा २०९ जनालाइ नागरिकता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama