Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्राइभेट मेडिकल कलेजहरूले सेवा सुविधा दिन नमानेको भन्दै स्वास्थ्यकर्मीहरूको माइतीघरमा धर्ना

- shuvadmin / बुधबार, चैत २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन सङ्घर्ष समितिले विभिन्न मागसहित काठमाडौंको माइतीघरमा धर्ना दिएको छ ।

मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा दिने भनिएता पनि प्राइभेट मेडिकल कलेजहरूले नमानेको भन्दै बुधवार स्वास्थ्यकर्मीहरूले काठमाडौंको माइतीघरमा धर्ना दिएका हुन् ।

धर्नामा सहभागी डा।राजु चौधरीले न्यूनतम तलब ४८ हजार दिइने भनेर मन्त्रिपरिषद्बाट नै पास भइसकेको अवस्थामा पनि प्राइभेट मेडिकल कलेजहरूले नमानेको कारण सडकमा आउनुपरेको बताए ।

माग पूरा नभएसम्म सडकमा आउने उनले जानकारी दिए । ‘मन्त्रिपरिषद्बाट नै पास भइसकेको अर्थात् न्यूनतम तलब ४८ हजार दिइसक्नुपर्ने थियो ।

त्यो अझै पनि कार्यान्वयनमा आइसकेको छैन । त्यसको विरोधमा यहाँ आएको छौँ । जुन पत्राचार भइसकेको छ ।

प्राइभेट मेडिकल कलेजहरूले यो नमानेको अवस्था छ,’ उनले भने, ‘हामी हाम्रो माग पूरा नभएसम्म सडकमा आइराख्छौँ र हाम्रो माग पूरा गराएर नै छाड्छौँ ।

उहाँहरूको नियत र नीतिप्रति हाम्रो असमर्थन छ । यो महँगीको जमानामा १९ हजार आठ सय तलबबाट गुजारा गर्न कठिन छ यो त बुझ्नु पर्‍यो ।’

प्रदर्शनकारीहरूले ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेका छन् ।

Page Views: 74
संबन्धित शिर्षकहरु
अशक्त माइलीलाई घरमै नागरिकता
भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
सुनको मूल्य ओरालो तर्फ
ताजा अपडेट
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama