Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, मङि्सर ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

डोटी र बझाङमा चट्याङ लागेर दुइको मृत्यु , ९ जना घाइते

- shuvadmin / बिहिबार, चैत २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

डोटी, डोटी र बझाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

सायल गाउँपालिका-६ दल्लेखमा चट्याङ लागेर सोही ठाउँकी ३२ वर्षीया कमला नागरीको मृत्यु भएको छ।

उनका ३ महिने शिशुसहित परिवारका ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नागरीका १० वर्षीया छोरी तारा, ८ वर्षीया छोरा अभिषेक, ६ वर्षीय छोरा अबी र ३ महिनाका छोरा शंकर घाइते भएका छन्।

यस्तै, चट्याङ लागेर नागरीकी ३ जना छिमेकी पनि घाइते भएका छन्।

४० वर्षीया तारा नागरी, ८० वर्षीय काली दमाइ र ६ वर्षीया खुसी नागरी घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि अहिले जिल्ला अस्पताल डोटी ल्याइदै गरेको प्रहरीले जनाएको छ।

बझाङको बित्थड चिर गाउँपालिका–३ की ७८ वर्षीया धौली देवी बोहराको चट्याङ लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार आफ्नै घरको भान्सा कोठामा खाना पकाउँदै गर्दा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

मृतक बोहराका नातिनीहरु १४ वर्षीया जस्मा र १३ वर्षीया पवित्रा घाइते भएका छन्।

Page Views: 132
संबन्धित शिर्षकहरु
सुनापति भ्रमण वर्ष–२०८३ : धार्मिक पर्यटनदेखि आर्थिक समृद्धिसम्मको यात्रा
बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
ताजा अपडेट
  • सुनापति भ्रमण वर्ष–२०८३ : धार्मिक पर्यटनदेखि आर्थिक समृद्धिसम्मको यात्रा
  • बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
  • गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • चिनियाँ हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन
  • स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama