Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देशभर आंशिक बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

- shuvadmin / शुक्रबार, चैत २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार बिहान देशभर आंशिक बदलीको अवस्था रहँदा कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।

दिउँसो कोशीसहित पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अन्य भू-भागमा पनि छिटपुट वर्षाको सम्भावना छ ।

शुक्रबार राति सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा हुन सक्ने र काठमाडौं उपत्यकामा पनि अपरान्ह हल्का वर्षा सम्भावित रहेको जनाइएको छ।

भारतबाट आएको जलवाष्पयुक्त हावा कमजोर बन्दै गएकोले शुक्रबारको तुलनामा शनिबार अझै कम पानी पर्ने अनुमान छ ।

वर्षाका कारण काठमाडौंको वायुप्रदूषण केही घटेको छ । शुक्रबार बिहान ५ः४५ बजे मापन गर्दा वायु गुणस्तर सूचकांक १२३ रहेको छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्छ ।

Page Views: 39
संबन्धित शिर्षकहरु
आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य यस्ताे छ
बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
प्रतिनिधिसभाको बैठक बस्दै
ताजा अपडेट
  • आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य यस्ताे छ
  • बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
  • प्रतिनिधिसभाको बैठक बस्दै
  • विद्यालयलाई पानी ट्यांकी र मोटर सहयाेग
  • बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दे
  • किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
  • नागरिक उड्डयनमा मुकेश डंगोल नियुक्त
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama