Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

७७ जिल्ला कार्यसमितिलाई वैशाख १५ भित्र सदस्यता नवीकरणको काम टुंग्याउन कांग्रेसको उर्दी

- shuvadmin / शुक्रबार, चैत २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप गरेको छ।

यसअघि चैत मसान्तभित्रै गरिसक्न निर्देशन दिएपनि विभिन्न जिल्लामा विवादको कारणले नटुंगिएकाले वैशाख १५ गतेसम्मको सीमा तोकेको हो।

महामन्त्री गगन थापाले ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै समय थपेको जानकारी गराएका छन्।

थपिएको समयमा अनिवार्य रुपमा नविकारणको काम सक्न निर्देशन दिएका छन्। कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्न दुई सय रुपैयाँका लिने व्यवस्था गरेको छ।

कांग्रेसमा महाधिवेशन ताका सधैं क्रियाशिल सदस्यको लफडा गर्ने गरेको छ।

तर, यसपटक महामन्त्री थापाले तोकेको समयमा नवीकरण नरेर पछि नहुने चेतावनी दिँदै आइरहेका छन्।

उनले महामन्त्रीको मुख्य जिम्मेवारी संगठनलाई सुदृढ बनाउने भएकाले आफू अहिले त्यतातर्फ केन्द्रित भएको बताए।

उनले भने, ‘देशभरी हिँडिरहेको छु। संगठनलाई केहि बल पुग्छ कि भनेर हो। केही समयअघि केन्द्रीय समितिको बैठकमा महामन्त्रीले क्रियाशिल सदस्यताको जिम्मा लिएको छ काम केही भएन भनेर तारो बनाए ।

मैले पहिला त सुने तर पछि मलाई असैह्य भयो। मैले उहाँहरुलाई उत्तर दिने बेलामा भने नेपालमा १६५ निर्वाचन क्षेत्र छ।

त्यसमध्ये क्रियाशिल सदस्यता नविकरण गर्ने काम एउटा क्षेत्रले टुंग्याएको छ। त्यो काठमाडौं ४ हो भनेर जवाफ दिएँ।’

उनले पार्टीका नेतालाई आफूलाई दोष लगाउनु भन्दा आफ्नो निर्वाचन क्षेत्रको काम टुंग्याउन आग्रह गरे।

उनले थपे, ‘मलाई दोष लगाउनुभन्दा तपाईंहरुले आफ्नो क्षेत्रमा गएर नविकरणको काम टुंग्याउनुस् महाधिवेशन हुन्छ।

हिजो मात्रै ताकेता गरेको छु वैशाख १५ भित्र सक्नु भयो।’

उनले क्रियाशिल सदस्यको काम समयमै टुंग्याए पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने उनको दाबी छ।

Page Views: 89
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama