Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तीन प्रदेशमा बिहानैदेखि वर्षा, काठमाडौंमा पनि पानी पर्ने

- shuvadmin / शनिबार, चैत २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हाल देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनअघि भारतबाट बंगालको खाडी हुँदै नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको सामान्य प्रभाव छ ।

अहिले अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव छ । ती प्रणालीहरुको प्रभावले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए ।

पाल्पा, रुपन्देही, गुल्मी, बागलुङ, दाङ, प्युठान, रोल्पा, जुम्ला, कालीकोट लगायतका जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

ती ठाउँहरूमा रातिदेखि नै वर्षा भइरहेको मौसमविद दाहालले बताए ।

वर्षा भइरहेको स्थानहरुमा पूर्णतया बदली र बाँकी भू-भागहरूमा मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको पनि उनले बताए ।

शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताए ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागहरूको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

शनिबार राति कोशी र मधेश प्रदेशका भू-भागहरुमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी भू-भागहरूमा राति पनि हिमपातको सम्भावना रहेको मौसमविद् दाहाल बताउँछन् ।

काठमाडौंमा दिउँसोको समयमा हल्का वर्षाको सम्भावना छ । यद्यपि देशैभरि शनिबार अरू दिनभन्दा कम पानी पर्ने र आइतबार शनिबारभन्दा अझै कम पानी पर्ने पूर्वानुमान छ ।

मौसम क्रमिक रूपमा सुधार हुँदै जाने दाहालले बताए ।

Page Views: 45
संबन्धित शिर्षकहरु
आज सातै प्रदेशमा पानी पर्ने
जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama