Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धोबीखोला किनारमा रानीफूलको ‘इन्द्रेणी’

- shuvadmin / सोमबार, बैशाख ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौँ महानगरपालिका वडा नं. ७ र ३० मा पर्ने धोबीखोला किनार दुई सातादेखि ‘सेल्फी प्वाइन्ट’ मा परिणत भएको छ ।

इच्छुमती अर्थात् धोबीखोला ढलमतीमा परिणत भएपनि यसको किनार बेगमबेली (रानीफूल) को इन्द्रेणी झैँ सजिएको छ ।

धोबीखोला किनारको बाटो प्रयोगकर्ता एकैछिन भएपनि सवारीसाधन रोकेर तस्बिर खिच्छन् र गन्तव्यतर्फ लाग्छन् ।

स्थानीय मुक्ता केसीका अनुसार थरी थरीका बेगमबेली (रानीफूल) फुल्न थालेदेखि नै सेल्फी खिच्नेको भिडभाड सुरु भएको हो ।

उनले भने , “धोबीखोला दुर्गन्धित भयो भनेर गुनासो गर्नुभन्दा यो फूलको सुवासना लिनुचाहिँ उत्तम हो ।

काठमाडौँमा यति सुन्दर र आकर्षक दृश्य हुनु आफैँमा गौरवको विषय हो ।”

बागमती, विष्णुमती, मनोहरा, टुकुचा, हनुमन्ते, गोदावरी, यज्ञमती, चखुँचाखोलासहितका खोला काठमाडौँको पानीका स्रोत हुन् तर अधिकांश नदीखोलामा ढल बगिरहँदा रुद्रमती सरोकार समाजले धोबीखोला किनारलाई हराभरा बनाउने र खोला सफाइ गर्ने कार्य अघि बढाइरहेको छ ।

बाह्र वर्षपछि ढकमक्क फूल

काठमाडौँका सडक र खोला किनारमा बोटबिरुवा र फूल जोगाउनु ठुलै सफलता हुन्छ । काठमाडौँ महानगरपालिका वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीले धेरै ठूलो मेहनतपछि मात्रै धोबीखोला किनारलाई फूलबारीमा बदल्न सफल भएको बताए ।

उनले भने , “१२ वर्षअघि रुद्रमती सरोकार समाज गठन गरिएको हो । धोबीखोला सफाइ अभियान सुरु गर्दा ८० प्रतिशत क्षेत्र फोहोरले भरिएको थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बोलाएर अभियान सुरु गरेका हौँ । १२ वर्षअगाडि थालेको अभियान बल्ल सार्थक हुने चरणमा छ ।”

वडाध्यक्ष कार्कीले किनार मात्रै राम्रो बनाएर नहुने प्रस्ट पार्दै खोलाको पानी शुद्धीकरण गर्नुपर्ने बताए ।

उनले १२ वर्षअघि आफूसहित चार÷पाँच जना साथी धोबीखोलामा पसेर थालेको सरसफाइ अभियानमा अहिले एक सयभन्दा धेरैको सहभागिता रहेको बताए ।

उनले भने , “अहिले सेल्फी खिच्ने अवस्थामा ल्याउन धेरै मेहनत गरिएको छ । त्यतिबेला काठमाडौँ महानगरले पाँच÷छ वटा ट्रक पठायो ।

हामीले कालोपुलदेखि सेतोपुलसम्म सफाइ गरेका थियौँ । सहरी विकास मन्त्रालयले ह्युमपाइप पठाइदियो । त्यसमा माटो भरेर नर्सरी बनाएपछि रोपेका फूल फुल्दा म पनि आनन्दित छु ।”

उनका अनुसार रुद्रमती सरोकार समाजले प्रत्येक शनिबार धोबीखोला सफाइ गर्दै आएको छ । किनारका बोटबिरुवामा पानी हाल्ने गरिएको छ ।

उनले भने , “सहरी सौन्दर्यका हिसाबले यो ठाउँलाई उदाहरणीय र रमणीय बनाउने हाम्रो प्रयास हो ।

बुढानीलकण्ठदेखि बागमती नदीसम्ममा धोबीखोलालाई १० खण्डमा विभाजन गरेर काम गर्छौं ।

कालोपुलदेखि सेतोपुलसम्म बदलिएको छ । अरू खोलानदीमा पनि यस्तो अभ्यास सुरु गर्नु पर्छ ।”

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले काठमाडौँका जलाधार संरक्षण गर्न सबै किसिमका प्रयास अघि बढाउनुपर्ने बताए ।

उनले भने , “नदीसँग हाम्रो जीवन जोडिएको छ । त्यसैले नदीखोला सफाइका लागि सबैले सबै ठाउँबाट प्रयत्न गर्नु पर्छ । काठमाडौँ उपत्यकालाई मृत सहर हुनबाट जोगाउनु पर्छ ।”

Page Views: 47
संबन्धित शिर्षकहरु
के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
ताजा अपडेट
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama