Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम एक महिनादेखि ठप्प

- shuvadmin / सोमबार, बैशाख ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम एक महिनादेखि ठप्प छ ।

स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि चैत ३ गतेदेखि आयोजनाको कुनै पनि काम अगाडि बढ्न सकेको छैन । कात्तिकदेखि सो सुरुङमार्ग सञ्चालनको तयारी छ ।

यो आयोजनाका प्रमुख सञ्जय पन्थीले स्थानीयवासीले आयोजनासँग असम्बन्धित र अव्यावहारिक माग राख्दै सुरुङमार्ग निर्माण अवरुद्ध पारेको बताए ।

अवरोधका कारण आयोजनाको पूर्वी र पश्चिमी पोर्टल दुवैतिर काम अवरुद्ध भएको छ ।

आयोजनाको काम सुरु भएयता स्थानीयवासीले १२ पटकभन्दा बढी आयोजनाको काममा अवरोध पु¥याइसकेका छन् ।

उनले भने, “यसअघि स्थानीयसँग भएको सम्झौता अनुसार उनीहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने काम सुरु भइसकेको छ ।

कतिले क्षतिपूर्ति पाइसकेका छन् । तर, फेरि नयाँ कुरा झिकी विभिन्न असान्दर्भिक माग राखी आयोजना ठप्प पारिएको छ ।”

उनका अनुसार यसअघि सुरुङमाथिका विस्फोट गर्दै चर्किएको भनिएका सात वटा घरको मूल्याङ्कन भई नयाँघर निर्माणका लागि क्षतिपूर्ति दिने काम सुरु भइसकेको छ ।

स्थानीयले सुरुङमार्ग क्षेत्रमा खानेपानी निःशुल्क वितरण व्यवस्था हुनुपर्ने, सिँचाइका लागि दीर्घकालीन व्यवस्था गर्नुपर्ने, सुरुङमाथि परेका जग्गाको मुआब्जा दिनुपर्नेलगायतका माग गर्दै आयोजनाको काम ठप्प पारेका हुन् ।

सुरुङमार्ग क्षेत्रका बासिन्दालाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने पनि उनीहरूको माग छ ।

अवरोधका कारण सुरुङमार्गकोे भुइँ ढलान, पहुँच सडक निर्माण, फ्लाइओभर निर्माण, पहिरो नियन्त्रणका लागि वालिङ (ल्यान्ड साइड प्रोटेक्सन) उठाउनेलगायतका काम अवरुद्ध छन् ।

आयोजना प्रमुख पन्थीले भने, “हामीले आयोजनाको काम सुरु गर्न स्थानीयवासीसँग छलफल गरी धेरै प्रयास ग¥यौँ तर केही लागेन ।

अब यस समस्या समाधान माथिल्लो तहबाट मात्र हुन सक्छ होला ।”

काम अवरुद्ध हुँदा जापानी कम्पनीको हाजमा एन्डो कर्पोरेसनले दैनिक ५० लाख रुपियाँ क्षतिपूर्ति माग गरेको छ ।

आयोजनामा १५ जना जापानीसहित तीन सय नेपाली कार्यरत छन् । सुरुङमार्गभित्र अक्सिजन, लाइट, भ्यान्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडान भइरहेको थियो ।

आयोजना अन्तर्गत अहिले तीन वटा अन्डरपास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभरपास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण चरणमा छ ।

आयोजनाका प्रवक्ता रमेश कोइरालाका अनुसार काम अवरुद्ध हुनुअघि चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गकोबीचमा डेढ मिटर चौडाइको विभाजक (मेडियन) र आधा आधा मिटरको दुई वटा पेटी निर्माण भइरहेको छ ।

सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम् प्रविधि प्रयोग भइरहेको छ ।

उनका अनुसार बलम्बूदेखि सुरुङमार्ग प्रवेश गर्ने मुखसम्म दुई किलोमिटर ३०७ मिटरमध्ये एक किलोमिटर ९९५ मिटर कालोपत्र भइसकेको छ ।

त्यसै गरी धादिङको सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्ग निर्माण भइसकेको छ ।

Page Views: 130
संबन्धित शिर्षकहरु
यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
रेलबाट आएका यात्रुको स्वागत
हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
ताजा अपडेट
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का
  • प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता
  • सुनचाँदीको मूल्य उकालाे लाग्याे
  • सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama