Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माओवादी केन्द्रसहित ५ कम्युनिस्ट पार्टीले काठमाडौँमा प्रदर्शन गर्ने, कार्यदल गठन

- shuvadmin / शनिबार, असार २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका ५ कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादी युद्ध र आक्रमणका विरुद्ध’मा छिट्टै काठमाडौँमा ठूलो प्रदर्शन गर्ने भएका छन्।

शनिबार माओवादी केन्द्रको कार्यालयमा बसेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा (विप्लव) नेकपा मसाल र नेकपा क्रान्तिकारी माओवादीको बैठकले यस्तो निर्णय गरेको हो।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार प्रदर्शनका लागि ठोस कार्यक्रम बनाउन सबै पार्टीबाट २/२ जना रहनेगरि कार्यदल समेत बनाइएको छ।

‘ इजरायलले प्यालेस्टाइनमाथि र अमेरिका/ इजरायलले इरानमाथि जुन हमला गरे त्यसको विरोधस्वरुप हामीले राष्ट्रिय नाच घरमा एउटा ठूलो अन्तरक्रिया गरेका थियौँ, त्यसको समीक्षा गर्‍यौँ,’ उनले भने, ‘कार्यक्रम राम्रो रह्यो। सन्देश बाहिर राम्रो गयो भन्ने निष्कर्ष निकालेका छौँ।’

विश्वकर्माले थपे, ‘साम्राज्यवादी युद्ध र आक्रमणका विरुद्धमा छिट्टै काठमाडौँमा ठूलो प्रदर्शन गर्ने भन्नेमा पुगेका छौँ।

त्यसका निम्ति सबै पार्टीबाट दुई/दुई जना रहनेगरि कार्यदल गठन भएको छ। कार्यदलको पर्सि बैठक बस्छ र ठोस कार्यक्रम बनाउँछ।’

कार्यदलमा माओवादी केन्द्रबाट देव गुरुङ र लिलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीबाट बलराम बास्कोटा र अर्को एक जना पछि थप हुने, क्रान्तकारी माओवादीबाट परि थापा र अर्को एक जना पछि थप हुनेछ।

त्यस्तै नेकपाबाट खड्गबहादुर विश्वकर्मा र चिरण सी छन् भने नेकपा मसालबाट भैरव रेग्मी र अर्को एक जना पछि थपिनेछन्।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी थिए।

Page Views: 83
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama