Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाण्डू महानगरको २५ अर्ब ११ करोडको बजेट आउँदै

- shuvadmin / आइतबार, असार २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौं महानगरपालिकाले आज २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपियाँको बजेट ल्याउने भएको छ ।

शुक्रवार बसेको कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र साहले आइतबार बजेट ल्याउने घोषणा गरेअनुसार आज बस्ने कार्यपालिकाको बैठकमा बजेट तर्जुमा समितिका संयोजक एवं उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

मेयर साहले शुक्रवारको बैठकमा २४ मध्ये पहिलो एजेन्डा प्रस्तुत गरेपछि बैठक स्थगित गरेका थिए ।

उनले करिब १ मिनेट ८ सेकेन्ड बोलेर आइतबारको लागि बजेटको मिति तय गरेका थिए ।

स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कामपाले पूर्वाधार विकासमा सबैभन्दा बढी बजेट राखेको छ ।

सो शीर्षकमा ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपियाँको बजेट व्यवस्था गर्न लागेको छ ।

दोस्रोमा सामाजिक विकास विभागमा २० प्रतिशत अर्थात ५ अर्ब २ करोड २८ लाख ६८ हजार विनियोजन गर्ने तयारी गरेको छ ।

त्यस्तै, कार्यालय सञ्चालन र प्रशासनिकमा १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र शीर्षकमा १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार र आर्थिक विकास शीर्षकमा ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार विनियोजन गर्ने तयारी छ ।

शुक्रवार बिहान ११ बजे स्रोतनिर्धारण बैठकले बजेटको स्रोत निर्धारण गरेको थियो ।

त्यसलगत्तै उपमेयर सुनिता डंगोलको संयोजकत्वमा बसेको बजेट तर्जुमा समितिको बैठकले बजेट बाँडफाँट गरेको हो ।

गएको पुस महिनादेखि बस्न नसकेको बैठक करिब ७ महिनापछि गत शुक्रवार बसेको हो । कामपाले आज जारी गर्ने बजेट साउन १ गतेबाट लागू हुनेछ ।

मेयर साह र उपमेयर सुनिता डंगोलबीच टकराब परिरहेको बेला प्रवक्ता नवीन मानन्धरले बजेट ल्याउन मुख्य भूमिका खेलेका छन् ।

कार्यपालिकाको बैठक प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इंले सदस्यसचिवको पीमा बैठक सञ्चालन गर्ने कार्यक्रम छ ।

आगामी आबमा महानगरले आन्तरिक श्रोतबाट अनुमानित आय र मौज्दात गरी १० अर्ब १२ करोड ६४ लाख संकलन गर्ने लक्ष्य लिएको छ भने बैक मौज्दात रकम १० अर्ब रहने छ ।

आज प्रस्तुत गरिने बजेटमा कामपाले नेपाल सरकारको समानीकरण अनुदानअन्तर्गत ७० करोड ९३ लाख, चालू आबको लागि सशर्त अनुदानअन्तर्गत १ अर्ब ५० करोड १९ लाख र पँुजीगततर्फ सशर्त अनुदानवापत १३ करोड ५ लाख, प्रदेश सरकारको समानीकरण अनुदान शीर्षकमा ९ करोड २ लाख ६६ हजार, सशर्त चालू २ करोड ३२ लाख र सशर्त पुँजीगतमा १ करोड ३२ लाख ५० हजार पाउने उल्लेख गरिएको छ ।

त्यस्तै संघीय सरकारको राजस्व बाँडफाँटबाट २० अर्ब २ करोड, प्रदेशबाट ३९ करोड ९० लाख र स्थानीयबाट ११ करोड र आन्तरिक जनसहभागिताबाट ८५ लाख रुपियाँ आम्दानी श्रोत कायम गरिएको छ ।

बजेट विभिन्न विभागले दिएको खर्चको आकारअनुसार बाँडफाँट गरिएको छ । यसअघि मेयर साहको कारण प्रत्येक महिना हुनुपर्ने बैठक शुक्रवार सय दिनपछि हुन लागेको हो ।

पछिल्लो पटक पुस १४ गते महानगरको १६ औँ नगर सभा बसेको थियो ।

लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन साहलाई पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।

मेयर साहले प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा बैठक नबस्ने अडान लिएका थिए । बजेट नआउँदा महानगर नचल्ने अवस्था पुगेपछि मेयर साहले बैठक बोलाएका हुन् ।

Page Views: 70
संबन्धित शिर्षकहरु
अशक्त माइलीलाई घरमै नागरिकता
भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
सुनको मूल्य ओरालो तर्फ
ताजा अपडेट
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama