Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उच्च रेकर्ड

- shuvadmin / शनिबार, साउन ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएको नयाँ रेकर्ड बनेको हो ।

विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत गत आवमा आठ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएकोमा सात लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएको जानकारी गराएको हो ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत रहेको जानकारी दिए ।

उनका अनुसार श्रम स्वीकृति लिएकामा संस्थागत (वैदेशिक रोजगारी व्यवसायी कम्पनी) लिने तीन लाख ५९ हजार ६७५, पुनः श्रम स्वीकृति लिने तीन लाख ३३ हजार ३०९, व्यक्तिगत नयाँ श्रम स्वीकृति लिने एक लाख ३३ हजार ६२७ र जिटुजी भएका देश दक्षिण कोरिया, इजरायल र बेलायतमा १२ हजार ६५३ जना छन् ।

नेपाली श्रमिकका १० प्रमुख श्रम गन्तव्य देशमा क्रमशः संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन रहेका छन् ।

गएको आवमा प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन दुई हजार तीन सय जनाले स्वीकृति लिएको देखिएको छ ।

विभागका अनुसार गत वर्ष सबैभन्दा बढी संयुक्त अबर इमिरेट्स (युएई) मा र साउदी अरब, कतार, कुवेत, ओमान, दक्षिण कोरिया, जापान र मलेसिया, बहराइनलगायत युरोप गरी ६९ देशमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गएका छन् ।

गत आवको मङ्सिरमा सबैभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

पछिल्लो पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकोमा सबैभन्दा धेरै गत आव २०८१/८२ मा आठ लाख ३९ हजारभन्दा बढीले श्रम स्वीकृति लिएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

सो अवधिमा श्रम स्वीकृति लिएकामध्ये ३१ लाख ८१ हजार १९१ पुरुष र तीन लाख ३५ हजार ७७४ महिला छन् ।

दुई मिनेटमा श्रम स्वीकृति

पत्रकार सम्मेलनमा एकरडेढ महिनायता निवेदन आएको दुई मिनेटभित्र श्रम स्वीकृति दिइएको जानकारी दिइयो ।

महानिर्देशक भट्टराईले भने, “स्वीकृतिका लागि आवश्यक पर्ने सबै कागजात पूर्ण भएको खण्डमा निवेदन आएको दुई मिनेटभित्रै श्रम स्वीकृति दिन्छौँ ।”

दुई महिनाअगाडि निवेदन दिएको एक सातामा मात्रै श्रम स्वीकृति दिने गरेकामा अहिले विभागको काममा व्यापक सुधार गरी दुई मिनेटभित्र दिन सफल भएको उनले दावी गरे ।

यस्तै विभागलाई पछिल्ला दिनमा बिचौलियामुक्त गरिएको पनि जानकारी दिइयो ।

महानिर्देशक भट्टराईले सेवाग्राहीको सहयोगका लागि भन्दै बिचका व्यक्तिले श्रम स्वीकृति लिएर आउनेलाई प्रवेशद्वारबाट विभागले रोक्न सफल भएको दावी गरेका छन् ।

Page Views: 87
संबन्धित शिर्षकहरु
आजकाे पञ्चाङ्ग तथा राशिफल कस्ताे छ हेर्नुहाेस
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
ताजा अपडेट
  • आजकाे पञ्चाङ्ग तथा राशिफल कस्ताे छ हेर्नुहाेस
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama