Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दैनिक दुई हजार युवा रोजगारी खोज्दै विदेश, युवा स्वरोजगार कोष एक वर्षदेखि नेतृत्वविहीन

- shuvadmin / बिहिबार, साउन ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, वैदेशिक रोजगारीका लागि दैनिक झन्डै दुई हजार युवा बिदेसिन्छन् ।

युवालाई स्वरोजगार बनाएर देशभित्रै राख्ने यहीँ उद्यमी बनाउने नीति, योजना, कार्यक्रम र संस्था पनि सरकारसँग छ तर त्यसको कार्यान्वयन गर्ने निकाय भने एक वर्षदेखि नेतृत्वविहीन छ ।

सरकारले बेरोजगार युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष झन्डै एक वर्षदेखि प्रमुखविहीन भएको हो ।

कोषमा अध्यक्ष युवा तथा खेलकुदमन्त्री र कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ । २०८१ भदौदेखि उपाध्यक्ष पद खाली रहेको छ ।

कोषमा एक वर्षदेखि उपाध्यक्ष नहुँदा स्वरोजगार बन्न प्रवाह गरिने कर्जा रोकिएको र बेरोजगारको सङ्ख्यामा कमी आउन सहयोग पुगेको छैन ।

यस प्रकरणले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने वा युवालाई स्वरोजगार बनाउने सरकारको कार्यशैलीमा प्रश्न उठेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले पाँच महिनाअघि उपाध्यक्ष नियुक्तिका लागि कमिटी गरी सिफारिस पनि गरिसकेको हो ।

मन्त्रालयका प्रवक्ता सुवासचन्द्र शिवाकोटीले गत फागुनमा उपाध्यक्ष नियुक्तिका लागि सिफारिस गरेर मन्त्रीपरिषद्मा पठाइएको जानकारी दिए ।

तर, नियुक्ति भने भएको छैन । प्रवक्ता शिवाकोटीले भने, “हामीले उपाध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेर पठाउने हो ।

मन्त्रीपरिषद्ले नियुक्तिको निर्णय गर्नुपर्ने हो । तर, अहिलेसम्म भएको छैन ।”

मन्त्रालयले उपाध्यक्षका लागि सिफारिस गरेकामा खोटाङका लोकेन्द्र विष्ट, चितवनका अनिलराज पौडेल र अर्घाखाँचीका डा. दामोदर भुषाल रहेका छन् ।

कोषमा कार्यकारी उपाध्यक्ष नियुक्तिका लागि २३ माघमा उम्मेदवारको कार्ययोजना प्रस्तुतिपछि मन्त्रीपरिषद्मा प्रस्ताव दर्ता भएको थियो ।

तर, नियुक्ति भने अहिलेसम्म हुन सकेको छैन ।

यस विषयमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कोषमा उपाध्यक्ष नियुक्तिका लागि छ महिनाअघि नै प्रस्ताव पेस भएको जानकारी दिए ।

उनले यस विषयमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई समेत जानकारी गराएको छु ।

तर, निर्णय भने नभएको बताए । कोषमा उपाध्यक्ष नहुँदा उपाध्यक्षले गर्ने सबै काम रोकिएको छ ।

कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले वार्षिक ११ हजार जनालाई स्वरोजगार बनाउने सरकारले जिम्मा दिएपनि कार्यकारी उपाध्यक्ष नहुँदा सो काम रोकिएको जानकारी दिए ।

आव २०८१/८२ मा स्वरोजगार बनाउन प्रदान गरिने झन्डै दुई अर्ब कर्जासमेत प्रवाह हुन नसकेको उनले जानकारी दिए ।

एक वर्षदेखि बेरोजगार युवालाई रोजगार बनाउन प्रदान गरिने लगानी कर्जा प्रवाह गर्न नसकिएको उनले बताए ।

कर्जा असुली, अनुगमन निरीक्षणको कामसँगै दैनिक प्रशासनिक कार्य भएपनि कर्जा प्रवाहको काम रोकिएको उनको भनाइ छ ।

हालसम्म एक लाख नौ हजार ३३९ युवामा स्वरोजगार कर्जा लगानी प्रवाह अर्थात् स्वरोजगार सिर्जना गरिएको उनले जानकारी दिए ।

कोष स्थापनादेखि हालसम्म १५ वर्षको अवधिमा १४ अर्ब १३ करोड ५८ लाख ३५ हजार स्वरोजगार कर्जा प्रवाह गरिएको छ ।

कोषले दुई हजार छ सय सहकारी र २० बैङ्कमार्फत युवामा कर्जा परिचालन गरेको जनाएको छ ।

कोषले बैङ्क तथा वित्तीय संस्थालाई ५.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने र वित्तीय संस्थाले व्यक्तिलाई आठ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने गरेको छ ।

मनाङ र मुस्ताङबाहेकका ७५ जिल्लामा कर्जा प्रवाह गरिएको कोषले जनाएको छ । कर्जा बिनाधितो वितरण गरिन्छ ।

कोषका अनुसार कर्जा लगानी असुली कार्यविधि अनुसार प्रतिव्यक्ति पाँच लाख रुपियाँसम्म सुलभ कर्जा पाउने व्यवस्था भएपनि कर्जाको अभावले डेढ लाखदेखि दुई लाख मात्र वितरण गर्ने गरिएको छ ।

वार्षिक श्रम बजारमा प्रवेश गर्ने पाँच लाख युवामध्ये कम्तीमा एक लाख युवालाई वार्षिक रूपमा स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट राष्ट्रको विकास गर्ने कोषको कार्य रहेको छ ।

कोषले विभिन्न बैङ्कबाट विपन्न वर्ग कर्जा तीन अर्ब ८२ करोड रुपियाँ लिएर बैङ्क तथा वित्तीय संस्थामार्फत स्वरोजगार कर्जा प्रवाह गर्ने गर्छ ।

कर्जा प्रवाह गर्दा ६० प्रतिशत उत्पादन र ४० प्रतिशत सेवा व्यवसायमा लगानी गर्नुपर्ने सम्झौता छ ।

कोषले ४२ हजार ५६३ जनालाई अभिमुखीकरण तालिम, आठ हजार ४४० लाई सिपमूलक र संस्थागत छ हजार ७५७ अनुशिक्षण तालिम प्रदान गरिएको कोषले जनाएको छ ।

२०८१ चैत मसान्तसम्म १६ करोड ८९ लाख ७० हजार ब्याज अनुदान र ८० करोड रुपियाँ ब्याज प्राप्त गरिएको कोषले जनाएको छ ।

८१ हजार ५५५ जनालाई बिमा गरिएको छ । २८ हजार ९०४ जनालाई १४ करोड ४५ लाख रुपियाँ कर्जा व्यवस्थापन गरिएको छ ।

यस्तै एक हजार ३५१ जनाबाट आठ करोड २५ लाख दुई हजार वीमा क्षतिपूर्ति रकम प्राप्त भएको कोषले जनाएको छ ।

Page Views: 28
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama