Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भक्तपुरको बोडेमा भेटिएको शव १७ वर्षीया मेनुका र उनकी बहिनी १५ वर्षीया सृजना कँडेलको भएको पुष्टि

- shuvadmin / बिहिबार, साउन ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भक्तपुरको बोडेमा आज बिहान फेला परेको शव दिदीबहिनीको भएको पुष्टि भएको छ।

मध्यपुर ठिमी नगरपालिका-८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोर उमेरका दुई दिदीबहिनीको शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानका अनुसार मृतकद्वय सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सृजना कँडेल हुन्। उनीहरू सहोदर दिदीबहिनी भएका प्रहरीले जनाएको छ।

बिहीबार बिहान पौने सातबजे स्थानीय चक्रधर प्रजापतिको ईट्टा र फलामले बनेको दुई तले ट्रष्टको घरको भुई तलामा उनीहरूको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

उनीहरू त्यहाँ केही सयमदेखि त्यो घरमा डेरा गरी बस्दै आएका प्रहरीले जनाएको छ।

‘डेरा कोठाको प्यासेज रहेको फलामको डण्डीमा एउटै नाइलनको डोरीमा झुण्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो,’ डीएसपी न्यौपानेले भने, ‘अहिले प्रहरी घटनास्थलमा पुगेको छ, थप अनुसन्धानको काम हुँदैछ।’

दिदी बहिनीले सँगै आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। तर, त्यसको कारण भने अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।

Page Views: 76
संबन्धित शिर्षकहरु
लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama