Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यही शासन प्रणालीबाट नै पुर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सकिन्छः राष्ट्रपति पौडेल

- shuvadmin / शुक्रबार, साउन १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्येय नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन् ।

राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जयन्तीको अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानद्वारा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पुर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्ने स्पष्ट गर्दै सबैको ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

सो क्रममा राष्ट्रपति पौडेलले कूटनीतिज्ञ भेषबहादुर थापालाई यस वर्षको भीमसेन थापा पुरस्कार प्रदान गरेका थिए ।

राष्ट्रपति पौडेलले भने, ‘‘इतिहासका अनेकौँ कालखण्डबाट गुज्रदै हाम्रो देश अहिले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अँगालेर अघि बढ्दैछ ।

वास्तवमा यो शासन प्रणालीको ध्येय भनेको जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिकरुपमा समृद्ध नेपाल निर्माण गर्ने नै हो ।

यसबाट नै हामीले हाम्रा पुर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्छौँ । हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित होस् भन्न चाहन्छु ।’’

राष्ट्रपति पौडेलले षड्यन्त्रै षडयन्त्रको अभिशप्त इतिहासलाई बदल्नुपर्ने भनेर विगतमा आफूले लेख लेखेको स्मरण गर्दै भने, ‘‘हामी अहिले अभिशप्त इतिहास बदलेर एउटा निष्कपट, खुल्ला र उन्नतशील समाजबाट नेपाललाई डोर्‍याउन कटिबद्ध छौँ ।

त्यसैले निराश हुन जरूरी छैन, हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौ ।’’

राष्ट्रपति पौडेलले इतिहासको जगमा वर्तमान खडा हुने भन्दै वर्तमानको जगमा भविष्यको आधारशीला तय हुने भएकाले वीर पूर्खाहरूको त्याग, बलिदान र बुद्धिमत्तापूर्ण कार्यबाट नै हाम्रो देश बनेको स्पष्ट पारे ।

उनले नेपालको सार्वभौमसत्ता राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको आहुति दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटिका राजनीतिज्ञ भएको पनि बताए ।

उनले दक्षिण एशियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै मुलुकलाई पराधीन हुनबाट थापाले जोगाएको स्मरण गरे ।

राष्ट्रपति पौडेलले भीमसेन थापाको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको भन्दै आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासको लागि गर्नुभएको योगदान सदैव सराहनीय रहेको बताए ।

उनले भने , ‘‘‘उहाँको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको हो ।

थापाले आर्थिक, प्रशासनिक, सैनिक, सामाजिक सुधारलगायत राष्ट्रको हित, प्रगति र विकासको लागि गर्नुभएको योगदान सदैव सराहनीय छ ।

त्यसैले नेपालको इतिहासमा भीमसेन थापाको स्थान उच्च रहेको स्पष्ट हुन्छ ।’’

Page Views: 69
संबन्धित शिर्षकहरु
पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
ताजा अपडेट
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
  • देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama