Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज साउनको दोस्रो सोमबार, भारी वर्षामा पनि छाता ओढेर शिवालयहरूमा दर्शनार्थीहरूको भिड

- shuvadmin / सोमबार, साउन १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आज साउनको दोस्रो सोमबार देशभरिका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ ।

गए रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको भएपनि शिवालयहरूमा भिड कम भएको छैन ।

पशुपतिनाथ, भक्तपुरको डोलेश्वर मन्दिर लगायतका शिवालयहरूमा छाता ओढेर नै दर्शनार्थीहरु पुगेका छन् ।

ढोला शिखर पर्वत शृङ्खलाको काखमा रहेको डोलेश्वर महादेव, भक्तपुरको सिपाडोलमा अवस्थित प्राचीन शिवालय हो।

आज साउन महिनाको दोस्रो सोमबार झरीको प्रवाह नगरी यहाँ श्रद्धालुहरूको भीड देखिन्छ।

प्राचीनकालदेखि ‘डोलेश्वर महादेव’का नामले पुकारिँदै आएको यो स्थललाई नेपाल भाषामा ‘सिपारे माद्यो’ भनेर चिनिन्छ।

मल्लकालीन राजा भूपतीन्द्र मल्लले मन्दिर प्राङ्गणमा स्थापना गराएको शिलालेखले यस नामको ऐतिहासिक प्रमाण दिन्छ।

हिन्दू पौराणिक ग्रन्थ हिमवतखण्डमा यहाँका शिवलाई ‘विमलेश्वर महादेव’ भनेर उल्लेख गरिएको छ। पाण्डवहरूले समेत यहाँ दर्शन गरेको जनविश्वास रहिआएको छ।

डोलेश्वर महादेवलाई भारतको प्रसिद्ध तीर्थ श्री केदारनाथको शिर भाग मानेर समेत पूजा गरिन्छ।

Page Views: 78
संबन्धित शिर्षकहरु
अशक्त माइलीलाई घरमै नागरिकता
भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
सुनको मूल्य ओरालो तर्फ
ताजा अपडेट
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama