Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज साउन १५, खीर खाने विशेष दिन

- shuvadmin / बिहिबार, साउन १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आज साउन १५, जसलाई नेपाली समाजमा परम्परागत रूपमा “खीर खाने दिन” भनेर चिनिन्छ।

खीर भनेको दूध–चामल पकाएर तयार गरिने एक स्वादिलो र पौष्टिक नेपाली परिकार हो। यो परिकार धार्मिक, सांस्कृतिक र पारिवारिक अवसरहरूमा विशेष रूपमा बनाइने गरिन्छ।

खीर बनाउन मुख्यतस् दूध, चामल, चिनी, घ्यु आवाश्यक पर्छ । यसमा काजु, किसमिस, बदामलाई मसलाको रुपमा प्रयोग गरिन्छ।

नेपाली जनविश्वास अनुसार, “असार १५ दही चिउरा, साउन १५ खीर” भन्ने भनाइ झल्काउने यो विशेष दिन धान रोपाइँ सकेपछि कृषकहरूले उत्सव स्वरूप खीर खाने चलन रहिआएको छ।

नेपाल कृषि प्रधान देश भएको कारण यहाँको अधिकांश जनसंख्या कृषिमा निर्भर छ। धान रोपेर महत्त्वपूर्ण काम सकिएपछि आफ्नो श्रमको समाप्तिको रूपमा खीर खाएर खुसी साट्ने परम्परा रहिआएको हो।

साउन महिनाभरि हिन्दू धर्मावलम्बीहरूले व्रत बस्ने, माछा–मासु त्याग गर्ने, र शिव भगवानको आराधना गर्ने गर्दछन्। शिवको प्रिय महिना मानिने साउनमा खासगरी दूध र चामलबाट बनेको खीर खाने चलन छ, जुन पवित्र र सात्त्विक परिकार मानिन्छ।

साउन महिना झरीको समय भएकाले संक्रमणका विभिन्न जोखिमहरू रहन्छन्।

त्यस्तो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउन दूधबाट बनेको खीर उपयोगी हुन्छ। खीर स्वादिलो मात्र नभई पोषणयुक्त पनि हुन्छ।

खीरमा प्रयोग गरिने चामल कार्बोहाइड्रेटको स्रोत हो भने दूधमा क्याल्सियम र प्रोटिन पाइन्छ।

दूधबाट बनाइएको खीरमा भिटामिन ‘ए’ पाइन्छ। घ्युले आवाश्यक फ्याट प्रदान गर्छ । खीरमा हालिने मसलाहरुबाट भिटामिन र खनिजहरू प्राप्त हुन्छन्।

खीर नरम हुने भएकाले बिरामी तथा वृद्धहरूका लागि पनि सजिलै पच्ने आहार हो। विशेषगरी बच्चादेखि वृद्धसम्म सबैको लागि उपयुक्त मानिन्छ खीर।

तर, चिनी वा दूध सेवन नगर्ने व्यक्तिहरूका लागि खीर उपयुक्त नहुन सक्छ। ग्यास्ट्रिकका बिरामीहरूले पनि खीर सावधानीका साथ थोरै मात्रामा खानुपर्छ भन्ने पोषणविद्‌हरूको सल्लाह छ।

यसरी, परम्परा, स्वास्थ्य र स्वादको सँगालो खीरलाई साउन १५ को दिन पारी विशेष रूपमा सेवन गरिन्छ।

Page Views: 67
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama