काठमाण्डू, नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनका लागि कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
वरिष्ठ पर्यटन व्यवसायी गुरुङले संघको अघिल्लो कार्यकालमा महासचिवको रूपमा जिम्मेवारी सम्हालेका थिए।
उनलाई लोकतान्त्रिक पर्यटन व्यवसायी संघले सर्वसम्मत रूपमा अध्यक्ष पदका लागि अगाडि सारेको छ ।
तीन वर्षको अवधिमा उनले हिमालसँग सम्बन्धित विविध पक्षहरू, चुनौती, अवसर र समाधानबारे प्रत्यक्ष रूपमा बुझ्ने र अनुभूति गर्ने अवसर पाएको बताए।
भदौ ७ गते हुने भनिएको संघको निर्वाचनका लागि चार जना चुनावी मैदानमा उत्रिएका छन् ।