Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

डा. गुरू कुमारन स्वामी नेपालमा, उद्यमी व्यवसायीसँग भेट, नेपालमा लगानी गर्ने चाहना

- shuvadmin / बुधबार, साउन २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, दूरदर्शी आध्यात्मिक अभियन्ता, उद्यमी अन्तर्राष्ट्रिय सन्त डा. गुरूजी कुमारन स्वामीले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेका छन्।

पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा जारी दशमहाविद्या रुद्रहवन महायज्ञका प्रमुख सल्लाहकार डा. मिलनकुमार थापाको निमन्त्रणामा महायज्ञमा सहभागी हुन आएका डा. गुरू कुमारन स्वामीले नेपालका प्रतिष्ठित व्यवसायी, उद्यमी र वाणिज्य क्षेत्रका अगुवासँगको भेटमा नेपालमा लगानी गर्ने बताएका हुन्।

श्रीश्री १००८ स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा (कालीबाबा)ले संकल्पित दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन साउन १८ गते डा. गुरू कुमारन स्वामी काठमाडौँ आएका छन्।

कम्बोडियामा पाँचौँ धाम स्थापना गरेका डा. गुरू कुमारन स्वामीले नेपालका औद्योगिक घरानाका अगुवासँग मङ्गलबार र बुधबार भेटवार्ता गरेका छन्।

दशमहाविद्या रुद्रहवन महायज्ञका सूत्राधार एवं प्रमुख सल्लाहकार डा. थापाले गुरुजी डा. कुमारन स्वामीले नेपालका उद्यमी व्यवसायीसँगको भेटवार्तामा नेपालमा लगानीको वातावरण, सरकारको सहयोग र लगानीका सम्भावित क्षेत्रका सन्दर्भमा जिज्ञासा राखेको जानकारी दिएका छन्।

‘गुरुजी डा. कुमारन स्वामी धार्मिक अभियानसँगै व्यावसायिक कार्यमा पनि संलग्न रहेकाले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गर्नुभएको छ, लगानीको सम्भावनाबारे बहुपक्षीय छलफल र परामर्श गर्नुभएको छ,’ डा. थापाले भने।

डा. थापाका अनुसार धार्मिक पर्यटन प्रवद्र्धन, नेपालको समुन्नति र आर्थिक विकासको लक्ष्य राखेर महायज्ञ आयोजना गरिएको हो। डा. थापाले भारतबाट विशिष्ठ पाहुना आउने क्रम जारी रहेको बताए।

धार्मिक अभियन्ता डा. गुरू कुमारन स्वामीले भगवान पशुपतिनाथ र दशमहाविद्या रुद्राहवनको दर्शन गरेको र नेपालको समुन्नतिका निम्ति केही महत्त्वपूर्ण कार्य गर्ने प्रेरणा मिलेको जानकारी दिए ।

नेपाल र भारतले आर्थिक विकास र समुन्नतिको यात्रा सँगसँगै अघि बढाउनुपर्छ भन्ने मेरो दृष्टिकोण हो, त्यसैले नेपालमा लगानी गर्न संवाद सुरु गरेको हुँ,’ डा.गुरु कुमारन स्वामीले भने।

डा। गुरु कुमारन स्वामीले सन्तले पनि बाँच्नका निम्ति असल उद्यम कर्म गर्नुपर्छ भन्ने मान्यता राखेर विश्वका धेरै देशमा उद्योग, कलकारखाना र व्यापार सञ्चालन गरिरहेका छन्।

महायज्ञका संकल्पकर्ता अन्तर्राष्ट्रिय सन्त कालीबाबाले नेपालको समुन्नति, आर्थिक एवं सामाजिक रुपान्तरण र नागरिकको सर्वोपरि हितका पक्षमा काम गर्ने प्रेरणा प्राप्त होस् भनेर महायज्ञको संकल्प गरिएको बताएका छन् ।

‘नेपालमा लगानी भित्रियोस्, समुन्नति र शान्ति होस्, जनताले सुख पाउन् भन्ने नै हाम्रो कामना हो,’ कालीबाबाले भने।

साउन १४ गतेदेखि जारी दशमहाविद्या रुद्रहवन महायज्ञ साउन २४ गते समापन हुनेछ ।

Page Views: 66
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama