Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतको उत्तरकाशी बाढीमा जाजरकोट, बर्दिया र धादिङका गरी २१ जना सम्पर्कविहीन

- shuvadmin / शुक्रबार, साउन २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भारतको उत्तराखण्ड राज्यको उत्तकाशीमा बाढीपहिरोमा परी २१ जना नेपाली हराएका छन् ।

यही २० साउनमा उत्तरकाशीको धरालीमा खिर गंगा नदीमा एक्कासि आएको बाढीपहिरोले पूरै गाउँ सखाप भएको थियो ।

भारतीय सञ्चार माध्यमहरूले यो घटनामा पाँच जनाको मृत्यु भएको र सयौँ हराइरहेको बताएका छन् ।

यता नेपालका विभिन्न जिल्लाबाट त्यहाँ काम गर्न पुगेका नेपालीहरू पनि सम्पर्कविहीन भएका छन् ।

हालसम्म जाजरकोट, बर्दिया, धादिङ र जुम्लका केही व्यक्तिहरू सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ ।

बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले जिल्लाको मधुवन नगरपालिकाका चार जना सम्पर्कविहीन भएको खबर प्राप्त भएको बताए ।

उनले हराउनेमध्ये तीन जना एकै परिवारका रहेको जनाए । उनका अनुसार नरेन्द्र खड्का, सरस्वती खड्का, अमृता परियार र सुवास विक सम्पर्कविहीन भएका छन् ।

यस्तै जाजरकोटको कुशे गाउँपालिकाका १३ जना सम्पर्कविहीन भएका छन् ।

सो गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बाढीपहिरो गएको स्थानमा रहेका एक जना नेपालीले त्यहाँ १३ जना कुशे गाउँपालिकाका नेपाली सम्पर्कविहीन भएको खबर गरेको बताएका छन् ।

बाढीपहिरो गएको स्थान धरालीमा अहिले सम्पर्क हुन नसकेको समेत उनको भनाइ छ । यस्तै धादिङका पनि चार जना सम्पर्कविहीन भएका छन् ।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएको जानकारी आएको बताएका छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत उत्तरकाशी बाढीपहिरोमा १७ जनाभन्दा धेरै नेपाली परेको बताएका छन् ।

उनले उनीहरूको उद्धारको लागि दूतावासमार्फत तत्काल कुटनीतिक छलफल भएको जनाएका छन् ।

Page Views: 66
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama