काठमाण्डू, नेपालको सडक निर्माण तथा विकासको इतिहासमा पहिलो सुरुङमार्गको रुपमा रहेको काठमाडौँको नागढुङ्गा र धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग सञ्चालनमा आउने तयारीमा छ।

करिब २२ अर्ब रुपैयाँको लागतमा निर्माण भएको यो सुरुङमार्ग आगामी पुस–माघसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण र नेपाल सरकारको लगानीमा हाजमा कर्पोरेशन जापानले निर्माण गरेको यो सुरुङमार्गमा मुख्य र सहायक गरी दुईवटा मार्ग छन्।

यसले थानकोटदेखि नौविसेसम्मको यात्रालाई १० मिनेटमा छोट्याएर कम्तीमा ३० मिनेट समय बचत गर्नेछ।
मन्त्रिपरिषद्ले सवारीसाधन अनुसार फरक–फरक शुल्क ९टोल ट्याक्स० निर्धारण गरिसकेको छ, तर दुई पाङ्ग्रे सवारीसाधनलाई भने सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ।

यो सुरुङमार्गमा ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि सिसि क्यामेरा, जेट फ्यान, र आपतकालीन सञ्चारका लागि टेलिफोन लगायतका आधुनिक प्रविधि जडान गरिएका छन्।











