Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

घरजग्गा कारोबारमा वृद्धि,पुस महिनामा ३.५१ अर्ब राजस्व संकलन

- shuvadmin / बुधबार, माघ ०३, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डौ, चालू आर्थिक वर्ष २०७९/८० को पुस महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार घरजग्गा कारोबारमार्फत पुस महिनामा सरकारले ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।

जुन गत मंसिर महिनाको तुलनामा ६५ करोड रुपैयाले धेरै हो । पुस महिनामा भएको १ लाख ३६ हजार ७७३ वटा कारोबारबाट ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

पुसमा देशभरका मालपोत कार्यालयबाट ४५ हजार २७७ लिखत पारित भएको छ। जुन मंसिरको तुलनामा ३ हजार ४२६ ले बढी हो।

यस महिना ३ हजार ९०९ वटा नामसारी भएकोमा ३५ हजार ४३५ रोक्का र २५ हजार ७४९ फुकुवा भएको छ ।

तथ्यांकअनुसार पुसमा सबैभन्दा धेरै घरजग्गा किनबेच इनरुवा मालपोत कार्यालयबाट भएको छ।

इनरुवा मालपोत कार्यालयबाट पुसमा १ हजार ९३७ लिखत पारित भएको छ।

दोस्रोमा भद्रपुर मालपोत कार्यालयबाट १ हजार ७४३, मोरङ बेलबारीबाट १ हजार ६५०, जनकपुरबाट १ हजार ५२०, राजविराजबाट १ हजार २६०, जलेश्वरबाट १ हजार ५७, मलंगवाबाट १ हजार ४५ र तौलिहवा मालपोत कार्यालयबाट १ हजार २ लिखत पारित भएका छन्।

काठमाण्डौ उपत्यकाका जिल्लामा भक्तपुर मालपोत कार्यालयबाट सबैभन्दा धेरै लिखत पारित भएको छ। भक्तपुर मालपोत कार्यालयबाट पुस महिनामा ८७७ लिखत पारित भएको छ।

यो अवधिमा लगनखेल मालपोतले घर जग्गा कारोबारमार्फत सबैभन्दा धेरै २७ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

Page Views: 37
संबन्धित शिर्षकहरु
सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama