Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असोज ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमनकारी कानून आउन सक्दैन : प्रधानमन्त्री ओली

- shuvadmin / आइतबार, भदौ ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानून आउन नसक्ने स्पष्ट गरेका छन् ।

मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान र कानून कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको भूमिका हुनुपर्नेमा पनि उनले जोड दिए ।

“हामीले कार्यान्वयन र अनुभवका आधारमा विभिन्न कानुन संशोधन र नयाँ कानुन ल्याउने काम गरिरहेको छ।

धेरै विधेयकहरु संसद्को यसै अधिवेशनमा ल्याएका छौँ। यो शिलशिला अगाडि बढिरहन्छ”, प्रधानमन्त्री ओलीले भने, “हामी केवल राजनीतिक लोकतन्त्रमा मात्रै सीमित नभई परिपूर्ण लोकन्त्रका पक्षमा छौँ। यसमा कहीँ पनि असमानता, भेदभाव र थिचोमिचोका कुराहरूलाई मानिँदैन।

मुलुकी संहितामा देखिएका कमीकमजोरीहरूलाई संशोधन गर्नुपर्छ । तर, यहाँ बहुविवाहलाई मान्यता दिन कानून आउन लाग्यो भनेर हल्लाको पछि कुद्नेहरू पनि छन्।

यस्तो मान्यता आजको समाजले दिन्छ भनेर सोच्न सकिन्न। त्यसकारण लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानून आउँदैन।

जनतालाई कसरी छिटो र सही न्याय दिने भन्नेमा हामी सबैको प्रयास हुनुपर्छ। सरकारका तर्फबाट यसमा पूराका पूरा साथ रहन्छ।”

प्रधानमन्त्री ओलीले न्यायालयको स्वतन्त्र भूमिकालाई सम्मानसहित मान्ने कुरामा कार्यकारिणीका तर्फबाट पूराका पूरा साथ रहने स्पष्ट गर्दै तर सम्मान भनेको पञ्चायतकाली जस्तो जयजयकार मात्रै नहुने भनाइ राखे ।

उनले समाजलाई सच्चरित्रमा विकसित गर्दै आग्रहहिन ढङ्गले कानूनको कार्यान्वयन र व्याख्या गर्न लाग्नुपर्नेमा पनि जोड दिए ।

संविधान जारी भएपछि संसदबाट पारित भएको मुलुकी संहिता, २०७४ को २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको थियो।

Page Views: 92
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य बढ्याे
उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार
रसुवा बाढीमा परेका ५ हजार ८ सय बढि अझै बेपत्ता
ताजा अपडेट
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार
  • रसुवा बाढीमा परेका ५ हजार ८ सय बढि अझै बेपत्ता
  • रास्वपाको सचिवालय बैठक बिहान ११ बजे बस्ने
  • आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
  • आज कोशी, बागमती र गण्डकी प्रदेशको केहि भू-भागमा भारी वर्षा हुने
  • श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन
  • बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama