Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अनिल झाको टिप्पणीः मधेसवादी नेताले काठमाडौँमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेश पुगेर विरोध

- shuvadmin / सोमबार, भदौ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले दोहोरो चरित्र देखाउने मधेशवादी राजनीतिक दलहरुका कारण नै मधेशले सोचेको जति अधिकार प्राप्त गर्न नसकेको बताएका छन् ।

उनले मधेशवादी राजनीतिक दलहरुका मुद्दा खरो रुपमा बोक्ने राजनीतिक दलहरु कम रहेको बताएका हुन् ।

मधेशमा जय मधेश भन्ने र काठमाडौँमा सङ्घीय अभिवादन भन्ने राजनीतिक दलका नेताहरु भएकाले मधेश अधिकारहरुबाट संकुचित हुनु परेको उनको भनाइ छ ।

काठमाडौँमा आएर प्रधानमन्त्रीको पूजा गर्ने र मधेशमा गएर मधेशलाई सखाप पारे भन्ने राजनीतिक दलका नेताहरुको दोहोरो चरित्र मधेशका जनताले बुझ्नुपर्ने बताए ।

त्यसका लागि आफू आगामी निर्वाचनमा परीक्षण हुन तयार रहेको उनको भनाइ छ । आफूहरु अन्त्यतः ब्यालेटको राजनीतिमै जाने बताए ।

उनले भने, ‘मधेश र मधेसवादीका निम्ति तपाईंको स्टुडियोदेखि सिंहदरबारसम्म सिंहदरबारदेखि बानेश्वरको सांसद भवनसम्म, सांसद भवनदेखि विदेशी समुदायसम्म, विदेशी समुदायदेखि बालुवाटार प्रधानमन्त्रीको अगाडि आँखामा आँखा जुधाएर बोल्दासम्म र त्यहाँदेखि जनतासम्म एउटै कुरा बोल्ने ।

यहाँ कस्ता पार्टी पनि छन् कि मधेशमा जय मधेस पनि बोल्छन् काठमाडौँमा सङ्घीय अभिवादन भन्छन् ।

प्रधानमन्त्रीसँग के भन्छ गएर उनको खुट्टा पुज्छन् अनि मधेशमा गएर के भन्छ आँप झार्यो केपी ओलीले भन्छन् ।

त्यस्तो डबल स्ट्यान्डर, ट्रिपल स्ट्यान्डर पार्टीहरु तपाईँ देख्न सक्नुहुन्छ । तपाईँ जुन भन्नुहुन्छ टेस्टेडको कुरा मलाई लाग्दैन कि टेस्टेड हुनु कुनै खराब कुरा पनि होइन तर फेरि पनि टेस्ट दिन म तयार छु ।

फेरि टेस्ट होला । टेस्ट त प्रत्येक पाँच पाँच वर्षमा हुन्छ नि नेताको । फेरि अर्को चुनावमा होला । त्यो टेस्ट त फेरि पनि देखिन्छ । ’

निर्वाचन आउन अझै दुई वर्ष बाँकी रहेकाले यसबीचमा सद्भावना पार्टीलाई जनस्तरस्म्म पुर्याउने बताए ।

Page Views: 72
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama