Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बैंक तथा वित्तीय संस्थामा थुप्रियो ६१ खर्बभन्दा बढी निक्षेप, कर्जा लगानी भने ५० खर्ब ५८ अर्बले बढ्यो

- shuvadmin / बिहिबार, माघ ०४, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब माथि पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ।

जसमा वाणिज्य बैंकहरुको ५४ अर्ब ७ अर्ब रुपैयाँ र बाँकी ६ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप विकास बैंक र फाइनान्स कम्पनीको छ।

पछिल्लो समय बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढीरहेको छ। यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिरहेको छ।

उक्त अवधिसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८०.१४ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

पुस महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाको निक्षेप ८९ अर्ब रुपैयाँले बढेको छ।

मंसिर अन्तिमसम्ममा बैंकहरुले कुल ४९ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। पुसमा कर्जा लगानी ६२ अर्ब रुपैयाँले बढेको छ।

पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५० खर्ब ५८ अर्ब रुपैयाँले बढेको छ ।

बैंक, वित्तीय संस्थामा लगानीयोग्य रकम बढ्दै गएपछि ब्याजदर लगातार घट्न थालेको छ । विप्रेषण आप्रवाहमा देखिएको सुधारसँगै निक्षेप बढे पनि त्यसअनुसार कर्जा प्रवाह नभएपछि बैंकहरूले ब्याजदर घटाउँदै आएका हुन् ।

निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधारदर कम भई कर्जा पनि सस्तो हुन थालेको छ ।

पछिल्लो समय विप्रेषण वृद्धिसँगै बैंकहरूमा निक्षेप बढिरहेको छ । उता आर्थिक गतिविधिमा कमी आउँदा बैंकमा कर्जाको माग भने सुस्त छ ।

बैंकहरूसँग अधिक तरलता भएपछि मङ्सिरयता राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण जारी गरी बजारबाट पैसा उठाइरहेको छ ।

Page Views: 75
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama