Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज गणेश चतुर्थी, भक्तपुरको सूर्यविनायकलगायत देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो

- shuvadmin / बुधबार, भदौ ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आज देशभर विघ्नहर्ता भगवान् गणेशको पूजा/आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै छ ।

अग्रपूजाको अधिकार प्राप्त गरेका भगवान् गणेशको जन्मोत्सव मनाउन देशभरका गणेश मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको बाक्लो भीड लागेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्व सत्ययुगमा यसै दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यतामा आधारित छ ।

यसै अवसरमा आज काठमाडौँ उपत्यकाका प्रसिद्ध गणेश मन्दिरहरू अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक र कमलादी गणेश लगायत देशभरका सबै गणेश मन्दिरहरूमा विशेष पूजा/आराधनासहित गणेश जन्मोत्सव मनाइएको छ ।

शिव र पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्म गर्नुअघि अग्रपूजाको अधिकार प्राप्त छ । धार्मिक मान्यताअनुसार, आज हरितालिका तीजको व्रत सम्पन्न गरी गणेशको व्रत गर्ने विधान रहेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन र सुख/शान्तिको कामना गर्दै व्रत बस्ने व्रतालुहरूले चतुर्थीका दिन जीवनमा कुनै पनि विघ्न(बाधा नआओस् भनी कामना गर्दै गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

भक्तपुरको सूर्यविनायक मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ।

Page Views: 117
संबन्धित शिर्षकहरु
नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
ताजा अपडेट
  • नेपालको पहिलो नागढुङ्गा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
  • साउनको दोस्रो सोमबार शिवालयहरुमा दर्शनार्थीको घुइँचाे
  • आज धनगढीमा डाक्टर केसीसँग निर्णायक वार्ता हुँदै
  • मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
  • आज देशकाे केहि भू–भागमा भारी वर्षाकाे सम्भावना
  • नेपालको पहिलो ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन गरिँदै
  • बुद्ध एयरले ल्यायाे एटीआर–७२–६०० विमान
  • सरकारी टाेली अनशनरत केसीसँग वार्ता गर्न धनगढी पुग्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama