Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देशभरका डेढ सय स्थानमा चाडपर्वलक्षित सुपथ मूल्य पसल, खसीबोका ल्याउनुअघि नै अनलाइन बुकिङ

- shuvadmin / मङ्गलबार, भदौ १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सरकारले देशभर चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी थालेको छ ।

यही भदौ अन्तिम अर्थात् ३० गतेदेखि सरकारले देशभर सुपथ मूल्य अर्थात् सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत् सहुलियत पसल सञ्चालन गरिने छ ।

हरेक वर्ष चाडपर्वको समयमा सर्वसाधारणका लागि खोलिने सुपथ मूल्य पसलको मोडालिटी यस वर्ष केही परिमार्जित गरिएको छ ।

यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइनमार्फत् नै खसीबोका र च्याङ्ग्राको बिक्री खुल्ला गर्ने भएको हो ।

यसअघि कम्पनीका विभिन्न कार्यालयहरूमा खरिद गरी ल्याइँदै गरेका खसी बोका र च्याङ्ग्रा ल्याउनुअघि नै अनलाइन बुकिङ खुला गरिएको हो ।

विगतमा खसी बोका र च्याङ्ग्रा बिक्री वितरण कमरबढी हुने समस्यालाई समाधान गर्न यस वर्ष अनलाइनमार्फत् बुकिङ गरेर मात्रै आपूर्ति गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए ।

कुनै पनि खाद्यान्नको अभाव र मूल्यवृद्धिमा उपभोक्तालाई पर्न नदिने उनको भनाइ छ ।

देशभर १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारीमा लागेका छौं । सबैतिर तयारी पनि भइरहेको छ ।

कम्पनीसँग खाद्यान्नको मौज्दात प्रशस्त छ । यसअघि ल्याउँदै गरेका खसीबोका र च्याङ्ग्राको अनलाइनमार्फत् बुकिङ खुलाएका छौं ।

बुकिङअनुसार खरिद गरेर ल्याउने छौं । यसले यसअघि बिक्री नहुने, बढी हुने र माग अनुसारको आपूर्ति नहुने समस्यालाई समाधान गर्नेछ’, उनले भने, ‘थापाथलीस्थित खाद्यान्न कम्पनीलाई पनि व्यवस्थित बनाउन शुरू गरिसकेका छौं ।

त्यहाँका जीर्ण पर्खाल मर्मत र भत्किएकोलाई पुनस् बनाउने काम शुरू गरिसकेका छौं ।’

काठमाडौं थापाथलीस्थित व्यापार कम्पनीको अवस्था दयनीय छ । जहाँ पर्खालहरू भत्किएर जीर्ण अवस्थामा छन् ।

दुई वर्षअघि मात्रै यही स्थानको गोदाममा राखिएका च्याङ्ग्रा कुकुरको टोकाइबाट मरेका थिए ।

उनका अनुसार दशैँ, तिहार र छठसम्मका लागि कम्पनीले देशभर ४५ जिल्लाका १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

जहाँ सुपथ मूल्यमा चामल, चिनी, तेल, घ्यू, माछा, मासुलगायत खाद्यान्न खुद्राभन्दा सस्तो अर्थात् छुटमा बिक्री गरिने छ ।

अघिल्ला वर्षहरूमा करिब देशभरका ६३ स्थानमा सुपथ मूल्य सञ्चालन गरिँदै आएको थियो ।

यता, साल्ट ट्रेडिङले पनि चाडपर्वअघि देशभरका ३८ भन्दा बढी स्थानमा सुपथ मूल्यमा पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

विशेष गरी चाडपर्वमा खाद्यान्नको खपत अत्यधिक बढ्ने भएकाले सरकारले यसरी देशभरका विभिन्न स्थानहरूमा सुपथ मूल्य पसलहरू सञ्चालन गर्दै आएको छ ।

चालू आर्थिक वर्षका लागि उद्योग मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ५२ लाख रुपैयाँ बजेट दिएको छ भने, साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ बजेट दिएको छ ।

खाद्य कम्पनीसँग मौज्दातमा १ लाख ८६ हजार ५०८ क्विन्टल चामल, ९ हजार क्विन्टल चिनी रहेको छ ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनसँग १६ हजार क्विन्टल हाराहारीमा चिनी मौज्दात रहेको छ ।

यसबाहेक अन्य खाद्यान्न सामग्री मौज्दात पनि पर्याप्त रहेको प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिए ।

उनका अनुसार कम्पनीले दुर्गम क्षेत्र जस्तैस् डोल्पा, जुम्ला, मुगु, हुम्ला र बाजुरालगायत दुर्गम जिल्लाका डिपोहरूमा खाद्यान्नको सहज आपूर्तिमा बढी जोड दिएको छ ।

जहाँ एक महिनाअघि नै खाद्यान्न मौज्दातमा राखिसकेको छ ।

गत वर्ष माघ महिनासम्म सञ्चालन गरिएको सुपथ मूल्य पसलहरू यस वर्ष भने छठसम्म मात्रै सञ्चालन गरिने जनाइएको छ ।

सुपथ मूल्य पसलमा के–के सामान कतिमा पाइन्छ ?

सुपथ मूल्य पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन (जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा) र नुन लगायत वस्तुहरू खरिद गर्न सकिन्छ ।

यसका साथै खसी, बोका, भेडा र च्याङ्ग्रासमेत बिक्री गरिन्छ । विगतका वर्षजस्तै सुपथ मूल्य पसलमा खुद्रा मूल्यमा १० देखि १५ रुपैयाँसम्म छुट दिँदै आइरहेको छ ।

यस वर्ष सबै प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनी र दालमा पनि प्रतिकिलो ५ रुपैयाँ छुट दिइने जनाइएको छ । त्यस्तै, तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट दिइनेछ ।

मसलाजन्य वस्तुमा भने, १० रुपैयाँ र रैथाने उत्पादन सिमी, फापर, चिनो र कागुनो जस्ता वस्तुमा पनि प्रतिकिलो १० रुपैयाँका दरले छुट दिइने जनाइएको छ ।

खसी, बोका र च्याङ्ग्रा जिउँदोको प्रतिकिलो १० रुपैयाँ छुटमा उपलब्ध हुनेछन् ।

कुन–कुन जिल्लामा हुन्छन् सुपथ मूल्य पसल ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४५ जिल्लाका ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

कम्पनीले झापा, ताप्लेजुङ, मोरङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुङगा, ललिलपुर, रसुवा, कास्की, तनहुँ, गोरखा र लम्जुङमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

यसैगरी, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, खोटाङ, सिराहा, धनुषा,पर्सा, काठमाडौं, दैलेख, डोल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, कालिकोट, हुम्ला, कैलाली र डडेलधुरा जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

यसका साथै, बाजुरा, डोटी, बैतडी, सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, बझाङ, कञ्चनपुर, अछाम र दार्चुलामा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

यता, साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौं उपत्यकाका १२ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ ।

काठमाडौं उपत्यकाभित्र कालिमाटी, सतुङ्गल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काँडाघारी, इमाडोल र महाराजगञ्जमा पसल सञ्चालनमा ल्याइने साल्ट ट्रेडिङ कर्पोरेशनलले जनाएको छ ।

यसका साथै ३ वटा घुम्ती पसल पनि साल्ट ट्रेडिङले सञ्चालन गर्ने जनाएको छ ।

उपत्यकाबाहिर कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी, डोटीको दिपायल, सुर्खेतको वीरेन्द्रनगर, झापाको बिर्तामोड, मोरङको विराटनगर, सप्तरीको राजविराज, सिराहाको लाहान, धनुषाको जनकपुुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, चितवनको नारायणगढ र नुवाकोटको त्रिशुलीमा सुपथ मूल्य पसल सञ्चालन गरिने छन् ।

यसका साथै साल्ट ट्रेडिङले कास्की, बाग्लुङ, भैरहवा, कृष्णनगर, दाङ र डडेलधुरामा पनि पसल सञ्चालन गरिने जनाइएको छ ।

Page Views: 80
संबन्धित शिर्षकहरु
पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
ताजा अपडेट
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
  • देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama