Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पश्चिमी प्रभुत्वलाई चुनौती दिने चीनको संकेत, ट्रम्पले भने-पुटिन र किमले अमेरिकाविरुद्ध षड्यन्त्र गरे

- shuvadmin / बुधबार, भदौ १८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र चिनियाँ जनतालाई उत्सवको बधाई पुटिन र किम जोङ उनले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन् ।

कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन पठाउनुहोस् ।

उनीहरू दुवै अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्, ट्रम्पले ट्रथ सोसियल मिडियामा लेखेका छन् ।

चीनले दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८०औं वार्षिकोत्सव मनाएको हो ।

जसमा पुटिन र किमलगायत विश्वभरका धेरै नेताहरूले भाग लिए ।

परेडमा ईरानी राष्ट्रपति मसौद पेजेस्कियन र म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ पनि सहभागी थिए ।

तर, कुनै पश्चिमी प्रमुख नेताको उपस्थिति देखिएन । किम जोङ–उन आफ्नी छोरी किम जु–एलाई समेत लिएर परेडमा आएका थिए ।

यसलाई जुन उत्तर कोरियाली नेताको दुर्लभ अन्तर्राष्ट्रिय यात्रामध्ये एक मानिन्छ ।

विभिन्न राजनीतिक विश्लेषकहरूको भनाइ उदृत गर्दै द गार्जियनले यो परेड केवल चीनको सैन्य शक्ति प्रदर्शन मात्र नभई चीनको कूटनीतिक महत्वाकांक्षाको अभिव्यक्ति रहेको भन्दै समाचार टिप्पणी गरेको छ ।

चीनले केही दिनअघि मात्रै तियानजिन शहरमा ‘ग्लोबल साउथ’ मुलुकहरूको सम्मेलन आयोजना गरेको थियो, जसमा पुटिन पनि सहभागी भएका थिए ।

यसरी लगातार कूटनीतिक र सैन्य शक्ति प्रदर्शन गर्दै चीनले पश्चिमी प्रभुत्वलाई चुनौती दिने संकेत गरेको देखिन्छ ।

यदि सी, पुटिन र किमबीच औपचारिक बैठक हुने हो भने यसले अमेरिकालाई थप चकित पार्ने र नयाँ त्रिकोणीय शक्ति सन्तुलनको संकेत दिने विशेषज्ञहरूको भनाइ छ ।

तर, चीनले अत्यधिक उत्तेजना बढाउन चाहँदैन भन्ने कारण यस्तो बैठक अनिश्चित रहेको पनि विश्लेषण गरिन्छ ।

चीनको जनमुक्ति सेनाले पछिल्ला वर्षहरूमा व्यापक आधुनिकीकरण अभियान अघि बढाएको छ ।

तर, यसैबीच उच्चस्तरमा भ्रष्टाचार र अनियमितता देखिएका कारण ठूलो संख्यामा अधिकारी हटाइएका छन् ।

सीले माओ युगपछि देखिएकोभन्दा ठूलो शुद्धीकरण अभियान चलाउँदै सेनालाई सुदृढ बनाउन खोजिरहेका छन् ।

Page Views: 26
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama