काठमाण्डू, सत्तासाझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्दका विषयमा विकल्प खोज्ने भएको छ ।
आइतबार बिहान काठमाडौंको बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकबाट यस्तो निर्णय गरिएको हो ।
सामाजिक सञ्जाल बन्दका विषयमा सरकारसँग छलफल गरी विकल्प खोज्ने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।