Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पोखरा-मुग्लिनको पश्चिम खण्डको ८० प्रतिशत समयमा १४ प्रतिशत काम, टाइम कार्डकै आधारमा काम नभए ठेक्का नै ‘टर्मिनेट’ हुने मन्त्री ज्वालाको चेतावनी

- shuvadmin / शनिबार, माघ ०६, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पोखरा, सम्झौता पछि सरासर काम गरेको भए अहिलेसम्म पोखरा मुग्लिन सडकमा ८० प्रतिशत काम सकिनुपर्थ्यो ।

सम्झौताको अवधि ६ महिना मात्रै बाँकी हुँदा पूर्वी खण्डमा ४४ प्रतिशत र पश्चिम खण्डमा जम्मा १४ प्रतिशत काम भएको छ ।

२०८१ भदौ १२ मा सक्नुपर्ने पश्चिम खण्डमा अहिलेसम्म १ किलोमिटर पनि पिच भएको छैन । कोरोना र विभिन्न सङ्कट देखाएर ठेकेदार कम्पनीले काममा आलटाल गरिरहेको छ ।

कम्पनीले २०२५ डिसेम्बर अन्तिमसम्म निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।

यही फेब्रुअरी भित्र ५ किलोमिटर सडक कालोपत्रे गरिसक्ने सहमति छ । कम्पनीले दिएको टाइम कार्डकै आधारमा काम नभए ठेक्का नै ‘टर्मिनेट’ हुने चेतावनी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको छ ।

अहिले भने कामको रफ्तार बढाएको उनले बताए । ‘म अघिल्लो पटक आउँदा कामको गति नै थिएन । अहिले केही रफ्तार बढेको छ ।

इक्युपमेण्ट र कामदार थपेको रहेछ,’ अनुगमनका क्रममा उनले भने, ‘कुन समयमा कति काम सक्नुपर्छ भनेर हामीले टाइमकार्ड दिएका छौँ ।

तोकिएको समयमा तोकिएको काम नभए विकल्प खोज्छौँ ।’ निर्माण कम्पनीले खाने पानीका पाइप र बिजुलीको पोलका कारण अवरोध भइरहेको बताएको छ ।

यो खण्डमा पर्ने १ सय २० वटा कल्भर्ट मध्ये ३८ वटा बनाइसकेको छ भने १२ वटा पुलमा १० वटा निर्माणाधीन छ ।

निर्माण कम्पनीले दैनिक रिपोर्ट कार्ड बुझाउने प्रतिबद्धता जनाएपछि ‘टर्मिनेट’ ९तोड्ने अवस्था० हुन लागेको ठेक्कालाई सरकारले निरन्तरता दिएको हो ।

पश्चिम खण्डका आयोजना प्रमुख राजेशप्रसाद पौडेलले अझै पनि कामको प्रगति सन्तोषजनक नरहेको बताए ।

उनले ८० प्रतिशत काम सक्नुपर्ने अवधिमा १४ प्रतिशत काम गरेर सन्तुष्ट हुने अवस्था नभएको भन्दै कामको रफ्तार बढाउन कम्पनीलाई आग्रह गरेका छन् ।

‘काम अहिले पनि राम्रो भएको छैन, केही सुधार भएको छ । अझै स्पिड बढाउनुपर्ने छ,’ उनले भने, ‘हाम्रो तर्फबाट सबै अवरोध हटाउन तयार छौँ ।

तर, कम्पनीको तर्फबाट पनि त्यही खालको उत्साह आवश्यक छ । अझै पर्याप्त इक्युपमेण्ट आइसकेको छैन ।’ कोत्रेदेखि जामुनेसम्म केही काम भएपनि पोखरादेखि कोत्रेसम्मको खण्डमा चाहिँ काम अघि बढ्नै सकेको छैन ।

विजयपुर खोलामा बन्ने भनिएको ठुलो पुलको डिजाइन पनि अझै टुङ्गिएको छैन । सडक पर्ने पालिकाका जनप्रतिनिधिहरूले ठेक्का तोड्ने भन्दा अहिलेकै ठेकेदारलाई जिम्मेवार बनाउनुपर्ने सुझाव पठाएका थिए ।

आँबुखैरेनीदेखि जामुनेसम्मको खण्ड भने १ वर्षभित्रै सकेर हस्तान्तरण गर्ने प्रतिबद्धता निर्माण कम्पनीको छ । दुवै ठेक्का चिनियाँ कम्पनीले पाएका हुन् ।

साढे ४१ किलोमिटरको पूर्वी खण्डमा हालसम्म १८ किलोमिटर सडक एकतर्फी पिच भएको छ भने ७ किलोमिटर दुईतर्फी पिच भैसकेको छ । पूर्वको प्रगति तुलनात्मक रूपमा राम्रो रहेको आयोजना प्रमुख श्यामकुमार यादवले बताए ।

‘अबको १ वर्षमा पूरै काम सकेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य छ । अरू ठाउँमा रफ्तारमा काम भएको छ ।

विमलनगरमा चाहिँ चट्टानका कारण रोकिएको छ,’ उनले भने, ‘यो पनि खोलाबाट रिटेनिङ उठाएर विस्तार गर्ने नयाँ डिजाइन बनाएका छौँ । यसमा लगभग अव कुनै अवरोध छैन ।’ दमौली क्षेत्रमा केही घर टहरा हटाउन बाँकी रहेको उनले सुनाए ।

पूर्वी खण्डमा १४ वटा साना पुल निर्माण भएका छन् । एउटा ठुलो पुल निर्माण भैसकेको छ भने अर्को २ वटा निर्माणाधीन छन् । केही ठाउँमा अझै पोलको समस्या बाँकी रहेको यादवले सुनाए ।

आबुखैरेनीदेखि जामुने खण्ड ६ अर्ब २१ करोडमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पश्चिम खण्डको ठेक्का पनि चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोडमा लिएको हो ।

यसबाहेक मादी र सेतीमा बन्ने सिग्नेचर ब्रिजको काम पनि सन्तोषजनक रूपमा अघि बढेको छैन । यी पुलको छुट्टै ठेक्का सम्झौता भएको हो । पुलमा लगभग ३ प्रतिशत हाराहारी कार्य प्रगति छ ।

Page Views: 35
संबन्धित शिर्षकहरु
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama