काठमाण्डू, सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनकारीहरुरूको भीड लागेको छ । सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शनकारीहरू सिंहदरबार पुगेका हुन् ।
उनीहरूले सिंहदबारभित्र प्रवेश गर्न ठेलमठेल गरिरहेका छन् । सिंहदरबार गेटमा तनावको स्थिति छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक शेखर खनालका अनुसार प्रदर्शनकारीहरूको भीडलाई सम्झाउने काम भइरहेको छ ।
काठमाडौंका विभिन्न ठाउँमा प्रशर्दन भैरहेको छ । प्रदर्शनकारीले विभिन्न नेताका घरमा समेत आगजनी र तोडफोड गरेका छन् । देशभर प्रदर्शन चर्किरहेको छ ।