Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संसद् विघटनमा सहमति भएन, सुशीला कार्की अब प्रधानमन्त्री

- shuvadmin / शुक्रबार, भदौ २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, संविधानभित्रैबाट संसद विघटन नगरी राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गर्ने भएका छन्।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका प्रतिनिधिसहित अन्यले पनि संसद् विघटनको माग गरे पनि राष्ट्रपति पौडेलले अस्वीकार गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको संरक्षणक र पालकका रूपमा जिम्मेवारी निर्वाह गर्ने सहमति पनि शीतलनिवासमा भएको छ।

वर्तमान संविधानको धारा ६१ (४) मा रहेको बाधा अड्काउ फुकाउको व्यवस्थाअनुसार राष्ट्रपति पौडेलले कार्कीलाई नियुक्त गर्ने भएका हुन्।

यस धारामा ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रप्रमुखको प्रथम कर्तव्य रहेको मानिनेछ’ भनिएको छ।

शीतलनिवासमा बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्म भएको छलफलमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै पक्षबीच सहमति भएको हो।

राष्ट्रपति पौडेलले यसका लागि एमाले, कांग्रेस र माओवादीका नेताहरूसँग पनि छलफल गरेका थिए।

त्यसबाहेक भीमार्जुन आचार्यलगायत अन्य कानूनविद्हरूसँग छलफल गरिएको थियो।

छलफलमा उनीहरूले पनि जेनजीको भावनाबमोजिम कार्कीलाई अन्तरिम सरकार बनाएर जानसकिने बताएका थिए।

शीतलनिवासमा राष्ट्रपति पौडेल, सेनापति अशोकराज सिग्देल र पूर्वप्रधान न्यायाधीश कार्कीसहित कानुनविद् ओमप्रकाश अर्याल पनि थिए।

जेनजीले भावी अन्तरिम सरकारका लागि प्रस्ताव गरेको नाम कार्की र राष्ट्रपति पौडेलबीच अन्तरिम सरकार गठन, संसद् विघटन, प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा तथा क्षतिपूर्ति, घाइतेको उपचार, ३० वर्षयताका भ्रष्टाचार छानबिनका लागि आयोग गठनलगायतका मागहरूबारे पनि छलफल भएको थियो।

Page Views: 69
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama