Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, जेठ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विधिको शासनभित्रै समाधान खोज्न सभामुख र राष्ट्रियसभा अध्यक्षको अपिल

- shuvadmin / शुक्रबार, भदौ २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले देशमा सिर्जित विषम परिस्थितिको समाधान संवैधानिक प्रक्रियाभित्रै खोज्न सबै पक्षलाई आग्रह गरेका छन्।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आन्दोलनरत पक्षको माग सम्बोधन गरी अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैसँग अपिल गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ।

यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ। आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ।

साथै, उनीहरूले यही भदौ २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

आन्दोलनका क्रममा आफ्नो ज्यान गुमाउनु भएका सबै युवाहरू तथा कर्तव्य निर्वाहको क्रममा ज्यान गुमाउनु भएका राष्ट्रसेवक प्रहरीहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।

शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ, विज्ञप्तिमा भनिएको छ।

उनीहरूले उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रहरूलाई विशेष आग्रह गरेका छन्।

विज्ञप्तिमा २४ गते बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबारस्थित संघीय संसद् सचिवालयसहित विभिन्न सरकारी कार्यालय, सरकारी तथा निजी आवास, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमा गरिएको आगजनी र तोडफोडप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ।

संघीय संसद भवन तथा सचिवालय र देशभरि भएको आगजनीले देशलाई अपूरणीय क्षति पुगेको छ, जसले हामीलाई मर्माहत बनाएको छ,विज्ञप्तिमा उल्लेख छ।

Page Views: 46
संबन्धित शिर्षकहरु
आज सातै प्रदेशमा पानी पर्ने
जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama