Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अरनिको राजमार्गको १६ किलोमिटर सडकमा धुवाँ, धूलो र हिलोको सास्ती

- shuvadmin / शुक्रबार, असोज १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडक ६ लेनमा विस्तार गर्ने काममा देखिएको ढिलासुस्तीले गर्दा यात्रुहरूले ठूलो सास्ती भोग्नु परेको छ।

विशेषगरी दशैंको समयमा यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुहरूले धुवाँ, धूलो र हिलो को समस्या झेल्नु परेको छ।

सडकलाई सूर्यविनायक–साँगा ९७.५ किमि र साँगा–धुलिखेल (८.४ किमि) गरी दुई खण्डमा विभाजन गरेर २०७९ पुस २४ बाट विस्तार कार्य शुरु गरिएको थियो। आयोजनाको लक्ष्य ३६ महिनाभित्र काम सम्पन्न गर्ने रहे पनि हालसम्म यो कार्य पूरा हुन सकेको छैन।

सडक विस्तारका लागि ठेक्का सम्झौताको रकम पनि ठूलो रहेको छ। सूर्यविनायक–साँगा खण्डका लागि रु ३ अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल खण्ड विस्तारका लागि रु ४ अर्ब ५ करोड ६४ लाख मा ठेक्का सम्झौता गरिएको थियो।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार मुख्य सडक र सर्भिस लेन सहितको ६ लेन सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण बजेट अभाव रहेको छ।

यस आयोजनालाई पूर्णता दिनका लागि थप भौतिक संरचनाको निर्माण र जग्गा व्यवस्थापनको चुनौती पनि छ। आयोजनाको अनुमानअनुसार पुलहरू थप निर्माण गर्न करिब रु एक अर्ब लाग्नेछ।

अध्ययन प्रतिवेदनले २०–२० मिटरका तीन वटा पुल जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गर्नुपर्ने देखाएको छ, जसका लागि प्रति मिटर रु १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

यसका अतिरिक्त, सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गा को मुआब्जाबापत करिब रु एक अर्ब रकम आवश्यक पर्नेछ।

प्राविधिक रूपमा पनि केही जटिलताहरू देखिएका छन्। साँगा खण्डमा पर्ने डेढदेखि दुई किलोमिटर सडकमा जाने र आउने लेनहरू तल–माथि बनाइने भए पनि, भौगोलिक बनावट कमजोर भएकाले यस खण्डमा सर्भिस लेन भने निर्माण गर्न नसकिने देखिएको छ।

यसै कारणले उक्त क्षेत्रमा सुरुङ निर्माणको योजनालाई रोकेर यो योजना अघि बढाइएको हो।

सडकको सीमा विवाद पनि पुरानो हो। विसं २०१७ मा राजमार्ग बन्दा सडकको दायाँबायाँ २५–२५ गज (२२.८६ मिटर) कायम गरिएको थियो र २०२१ सालमा कानून बनाएर यसै नियमलाई यथावत कायम गरिएकाले सोही आधारमा बनेका घरहरू हटाउन समस्या भएको छ।

यो सडक संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेश अन्तर्गतका मध्यपहाडीका बीपी र पुष्पलाल राजमार्ग हुँदै पूर्व सम्मको दूरी पार गर्ने एक महत्त्वपूर्ण कडी हो।

यो मार्ग अरनिको राजमार्ग हुँदै कोशी र मधेश प्रदेशका नागरिकहरूका लागि पनि काठमाडौं आवतजावत गर्ने प्रमुख नाका हो, जसले गर्दा यसको समयमै विस्तार सम्पन्न हुन अत्यावश्यक छ।

Page Views: 79
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama