Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन तीन दिन बन्द

- shuvadmin / शनिबार, असोज १८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा डुबानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनमाथि तीन दिनको लागि रोक लगाएको छ।

प्राधिकरणले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै २०८२ असोज १८, १९ र २० गते का लागि राजमार्गहरू पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवम् त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधनको आवतजावत बन्द गरिएको छ।’

हाल पूर्वको कोशी प्रदेशदेखि पश्चिमको लुम्बिनी प्रदेशसम्म मध्यमदेखि भारी वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागले आगामी असोज २० गतेसम्म वर्षा जारी रहने प्रक्षेपण गरेको छ, जसमा केही स्थानमा अति धेरै भारी वर्षा समेत हुन सक्ने सम्भावना औंल्याइएको छ।

प्राधिकरणले यातायात व्यवसायी लगायत सबैलाई उक्त अवधिमा अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने सवारी साधन नचलाउन आग्रह गरेको छ।

साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई सवारीसाधन आवतजावत बन्द गर्न र त्यसको निरन्तर अनुगमन तथा निगरानी गर्न समेत निर्देशन दिएको छ।

Page Views: 85
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama