Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कोशी नदीको बहाव घट्दै, सबै ढोका खुला

- shuvadmin / सोमबार, असोज २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

इनरुवा, सप्तकोशी नदीमा पानीको उच्च बहावमा कमी आएको छ।

विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार बिहान नदीमा पानीको बहाव ४ लाख ५५ हजार ९१० क्यूसेक मापन भएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार आइतबार राति हालसम्मकै उच्च बहाव ५ लाख ३३ हजार ५४० क्यूसेक पुगेको थियो।

नदीमा बहाव घट्दै गए पनि कोशी ब्यारेजका सबै ५६ ढोका यथावत खुला राखिएको उनले जानकारी दिए। हिजोदेखि निरन्तर रूपमा सबै ढोका खोलिएको हो।

शनिबार राति परेको भीषण वर्षापछि प्रदेशभर अहिलेसम्म ४४ जनाले ज्यान गुमाइसकेका छन्।

इलाममा पहिरो जाँदा ३७ जनाको मृत्यु भएको छ भने पाँचथर र उदयपुरमा समान दुई–दुई, मोरङ र खोटाङमा समान एक–एक जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

वर्षाका कारण अझै पनि प्रदेशका पाँच मुख्य सडकखण्ड अवरुद्ध रहेका छन्।

उदयपुरको सिद्धिचरण लोकमार्गका तीन स्थान, इलामको मेचीमार्गको एक स्थान र धनकुटाको तमोर करिडोरको एक स्थानमा सडक अवरुद्ध रहेको प्रहरीको भनाइ छ।

Page Views: 76
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama