Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अचानक रोकियो संसदीय टोलीको दार्चुला भ्रमण, चुच्चे नक्शाबारे भारतीय प्रतिक्रिया मुख्य कारण

- shuvadmin / बिहिबार, बैशाख २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, दार्चुला जाने अन्तिम तयारी भइसकेको संसदीय टोलीको भ्रमण अचानक स्थगित भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिले उच्च तहको प्रतिनिधित्व हुनेगरी दार्चुला क्षेत्रको स्थलगत अध्ययन अवलोकन भ्रमणको तयारी गरेको थियो ।

तर, भ्रमणका लागि निर्धारित मिति पटक–पटक गरी पाँचपटक सरेर अन्तिम समयमा स्थगित भएपछि बजेट अधिवेशनको अवधिमा जाने सहमति भएको समितिका एक सदस्यले जानकारी दिएका छन् ।

समितिको टोली सुरुमा वैशाख १४ मा जाने मिति तय भएको थियो । त्यसपछि वैशाख २३, २४ र २५ गते गर्दै विभिन्न कारण देखाउँदै सारिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै आग्रहमा पर्सि २८ गतेबाट सुरु हुने बजेट अधिवेशन चलेकै अवधिभित्र दार्चुला जाने सहमति भएको बुझिएको छ ।

संसदीय समितिको भ्रमण स्थगित भएपछि गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर हिजो मंगलबार दार्चुलाको टिंकर क्षेत्रको सीमा अवलोकन गरेर फर्किएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, सचिव र महानिरीक्षक सुदूरपश्चिमको सीमा क्षेत्रको स्थलगत अवलोकन गरेर हिजै काठमाडौं फर्किएका छन् ।

प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार उनीहरु गुप्त रुपमा भ्रमणमा निस्किएका थिए ।

कारण बन्यो चुच्चे नक्शा

संसदीय टोलीको दार्चुला भ्रमण स्थगित हुनाको मुख्य कारण थियो नेपालको चुच्चे नक्शा । नेपाल राष्ट्र बैंकले सय रुपैयाँको नोटमा नेपालको पछिल्लो चुच्चे नक्शा छाप्ने भनेर गरेको तयारी नै भ्रमण स्थगितको कारण हो ।

सयको नोटमा त्यो नक्शा छाप्ने तयारीको सूचना सार्वजनिक प्रचारमा आएपछि तत्कालै भारतले विदेशमन्त्री तहमा प्रतिक्रिया जनाएको थियो ।

विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी रुपमा चुच्चे नक्शा छाप्दैमा यथार्थ परिवर्तन हुननसक्ने भनेर स्पष्ट प्रतिक्रिया जनाएका थिए ।

त्यसपछि यहाँ भारतको प्रतिक्रियाबारे प्रधानमन्त्रीले सम्बन्धित अधिकारीहरुसँग अनौपचारिक परामर्श गरेका थिए ।

त्यसपछि संसदीय समितिको टोली तत्काल दार्चुला जान हतार गर्न नहुने भन्ने निष्कर्ष निकालेपछि अरु नै कारण देखाएर भ्रमण स्थगित गरिएको थाहा भएको छ ।

रक्षामन्त्री हरि उप्रेतीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई आफू भ्रमणमा जान असमर्थ भएको बताउँदै प्रधानसेनापतिलाई सँगै लिएर जान सुझाएका थिए ।

सभापति खतिवडाले भने बजेट अधिवेशन बस्न लागेको र प्रधानमन्त्री पनि जरुरी कार्यमा व्यस्त हुनुपरेकाले भ्रमण पर सरेको बताए । तर, बजेट अधिवेशनकालमै भ्रमण हुने उनको भनाइ छ ।

Page Views: 22
संबन्धित शिर्षकहरु
त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama