Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

छिटो हिँड्ने बाढी नआउँदै तरे, नसकेका लेदोसँगै बगे

- shuvadmin / मङ्गलबार, असोज २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भक्तपुर, असोज १६ गते बिहीबार घरपरिवार र आफन्तसँग दसैँको टीका लगाएर १७ गते शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका–४, (दधिकोट) स्थित हर्षचोकको एकै परिवारका तीन जना रसुवाको लाङटाङमा घुम्न हिँडे ।

एकै परिवारका तीन जनासहित साथीहरूसमेत गरी १६ जना घुम्न गएकामध्ये चार जना अझै पनि सम्पर्कविहीन अवस्था छन् भने १२ जना सकुशल नै छन् ।

सम्पर्कविहीन भएका एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भए ।

बेपत्ता हुनेमा २६ वर्षीय सनिता श्रेष्ठ, उनकी बहिनी २२ वर्षीय संस्कृति र भाइ २० वर्षका किसन श्रेष्ठ तथा भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ छन् ।

लाङटाङ जाने क्रममा शनिबार साँझ रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्साले बगाउँदा उहाँहरू बेपत्ता भएका हुन् ।

बेपत्ता तिनै जनाका काका केशव श्रेष्ठका अनुसार १६ जनाको टोली घुम्न गएका हुन् । केशवले भक्कानिँदै भने, “१६ जना घुम्न गएकामध्ये चार जना बेपत्ता भएको खबर आयो, त्यसमा तीन जना त हाम्रै परिवारका परे ।” १७ गते बुवा कृष्ण श्रेष्ठ साँझसम्म छोराछोरीसँग सम्पर्कमै रहेका थिए ।

कृष्णका पाँच छोरी र एक छोरा छन् । पाँच छोरीमध्ये दुई जनाको विवाह भइसकेको छ ।

एक छोरी जर्मनीमा छन् । घुम्न गएकी सनिता भने केही समयअघि मात्र दुबईबाट नेपाल फर्केकी हुन् ।

“आफू नेपाल फर्केको अवसरमा भाइ र बहिनीसहितका साथीसँग घुम्न जाने क्रममा उनीहरू बेपत्ता भए” बेपत्ता भएका तिनै जनाका भिनाजु विशाल राजथलाले भने ।

“प्रतिकूल मौसममा घुम्न नगएको भए हुन्थ्यो,” राजथलाले बेपत्ता भएका आफन्तको अब खोजी कार्य तीव्र बनाइदिन सरकारसमक्ष माग गरे ।

उनका अनुसार घुम्न गएका १६ जनामध्ये आठरआठ जनाको टिम बनाइएको थियो ।

अलि छिटो हिँड्ने पहिलो आठ जनाको टिम बेरिङ खोल्सामा लेदो आउनुअगाडि नै करिब पाँच किलोमिटर माथि पुगिसकेका थिए ।

आठ जनामध्ये चार जनाले खोला तर्न भ्याए । बाँकी चार जनामध्ये एक जनालाई खोलाले बगायो र खोला तर्न बाँकी तीन जनाले बगाएकालाई समाउन जाने क्रममा उनीहरूलाई पनि खोलाले बगाएको अनुमान पारिवारिक स्रोतले गरेको छ ।

रविलाई पनि उनका आफन्तले पटक पटक अहिले मौसमको अवस्था ठिक छैन, पछि जानु होला भन्दा नमानेर घुम्न गएको बेपत्ता रविको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल ल कलेजमा स्नातक नवौँ सेमेस्टरमा अध्ययनरत बेपत्ता संस्कृतिकी साथी अनुष्टा देवकोटाले सधैँ कलेज बसमा आवतजावत गर्ने साथी बेपत्ता भएको खबरले आफ्नो मन नै भारी भएको बताइन ।

“सधैँ मिलनसार, मेहनती संस्कृति बेपत्ता भएको खबरले चिन्तित भएको छु,” उनले भनिन् ।

निरन्तर खोजी कार्य

बेपत्ता भएका चारै जनाको खोजी कार्य रसुवा जिल्ला प्रशासन कार्यालय र त्यहाँको सुरक्षा निकायले निरन्तर जारी राखेका छन् ।

आइतबार र सोमबार बिहानैदेखि खोजी कार्य जारी राखे पनि बेपत्ता भएका अवस्था पत्ता लागेको छैन ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले सुरक्षा निकाय र प्रशासनले खोजी कार्य निरन्तर जारी राखे पनि अहिलेसम्म बेपत्ताको पत्ता नलागेको बताए ।

उनले भने, “घटना भएको बेरिङ खोल्सा अलि ठाडो छ । त्यसमा पनि डाँडाको खोचले गर्दा खोजी गर्न जटिल भएको तर सुरक्षा संयन्त्र नै ड्रोनसहित खोजी कार्यमा लागेको छ ।”

उनका अनुसार उक्त खोचबाट करिब दुई सय मिटर तल लाङटाङखोला छ ।

त्यो हिमालबाटै आएको खोला भएका कारण पानीको बहाब पनि ठूलो छ । लाङटाङखोला त्रिशूली नदीमा मिसिएको छ ।

त्यसैले खोजी कार्य जटिल बनेको हो ।

बेरिङ खोल्सामा पहिलो घटना

लाङटाङ जाने क्रममा बेरिङ खोल्सा भएर धेरै पर्यटक आवतजावत गर्ने गरेपनि अहिलेसम्म उक्त खोल्सामा त्यस्तो घटना नभएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डू लामा जावाङ तामाङले यस खोल्सामा अहिलेसम्म त्यस्तो घटना भएको आफूलाई जानकारी नभएको बताए ।

“माथि पानी जमेर तल लेदोसहित आएको हुन सक्छ तर त्यत्रो लेदो आउँदा ठुलो आवाज आउँछ, उहाँहरूले कसरी थाहा पाउनुभएन ? म नै अचम्म परेको छु,” उनल् भने ।

घटनास्थल अलि खोच परेको भएपनि अन्य समयमा यस ठाउँमा खासै ठूलो बाढी आउने ठाउँ भने नभएको अध्यक्ष तामाङले स्पष्ट पारे ।

अहिलेका पुस्ता फोटो खिच्दै हिँड्न रुचाउने भएकाले माथिबाट बाढी आएको उहाँहरूलाई पत्तो नै नभएको हुन सक्ने उनले अनुमान लगाए ।

Page Views: 65
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama