Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विशेष महाधिवेशन माग गरिरहेका महामन्त्री थापाले एकाएक किन प्रस्ताव गरे नियमित महाधिवेशन ?

- shuvadmin / शुक्रबार, असोज २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, विशेष महाधिवेशनको माग गर्न हस्ताक्षर अभियानको अगुवाइ गरेका कांग्रेस महामन्त्री गगन थापाले पार्टीको औपचारिक बैठकमा भने नियमित महाधिवेशनको प्रस्ताव गरेका छन्।

जेनजी आन्दोलनपछि बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा थापाले नियमित महाधिवेश गर्न प्रस्ताव गरेका हुन्।

बैठकबाट बाहिरएका पूर्वमहामन्त्री शशांक कोइरालाले थापाले आउँदो मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने प्रस्ताव गरेको जानकारी दिए।

पार्टीलाई विशेष महाधिवेशन माग गर्न चाहिने प्रतिनिधिहरुको ४० प्रतिशत हस्ताक्षर जुटाउन अर्का महामन्त्री विश्वप्रकाश शर्मा र थापाले संयुक्त रुपमा पहल गरिरहेका थिए।

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल आउँदो मंसिरमा सकिँदै छ।

विशेष अवस्थामा एक वर्ष कार्यकाल थप्न सकिने सुविधा कांग्रेस विधानले दिएको छ।

जेनजीको आक्रमणमा परेपछि स्वास्थ्य लाभ गरिरहेका सभापति शेरबहादुर देउवा बिहीबार बैठकमा उपस्थित भएनन्।

उपसभापति पूर्णबहादुर खड्काले बैठकको सभापतित्व गरेका हुन्।

विशेष महाधिवेशनम जान पनि एक वर्ष कार्यकाल थप्नुपर्ने जटिलता उत्पन्न भएपछि महामन्त्रीहरु नियमति महाधिवेशनकै पक्षमा उभिएका हुन्।

कांग्रेस विधानको धारा ४३ ले सबै तहको कार्यकाल चार वर्ष हुने व्यवस्था गरेको अवस्थामा अघिल्लो महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरुको कार्यकाल नै असोज पहिलो साता सकिएको छ।

प्रतिनिधिहरुलाई बैधानिक बनाउन केन्द्रीय कार्य समितिले नै कार्यकाल थप्नुपर्ने अन्यथा वैधता गुमाएका प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनले आकार नै ग्रहण नगर्ने स्थिति बनेपछि महामन्त्री थापा नियमित महाधिवेशनको प्रस्ताव गरेको कांग्रेस स्रोतले बतायो।

कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया ०७८ भदौ १८ गतेदेखि शुरु भएर मंसिर २८ गते सम्पन्न भएको थियो। जसमा महाधिवेशन प्रतिनिधिहरु असोजको पहिलो साता चयन भएका थिए।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको महाधिवेशन प्रतिनिधिको चयन ०७८ असोज ५ गते भएको थियो भने एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको चयन असोज १० गते भएको थियो।

थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेसँगै कांग्रेसमा विशेष महाधिवेशनको बहस सकिएको छ।

नियमित महाधिवेशनका लागि सबैभन्दा पहिला क्रियाशिल सदस्यता टुंग्याउनुपर्ने छ।

नवीकरणको काम धमाधम भइरहे पनि नयाँ क्रियाशिल सदस्यता भने कांग्रेसले खुला गरेको छैन।

Page Views: 30
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama