Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि, बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा शुरु हुने

- shuvadmin / बुधबार, असोज २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुँदैछ।

बैठक बुधबार बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा शुरु हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा बैठक गर्न लागेको हो।

यसअघि असोज २७ गतेदेखि शुरु हुने भनिएको बैठक तयारी नपुगेको भन्दै एमालेले आजदेखि गर्न लागेको हो। बैठक असोज ३१ गतेसम्म चल्ने बताइएको छ।

बैठकको शुरुमा अध्यक्ष केपी ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको गौतमले जानकारी दिए।

भक्तपुरको गुण्डुमा असोज २४ र २६ गते बसेको सचिवालय बैठकमा भने ओलीले मौखिक धारणा राखेका थिए।

त्यहाँ राखेका धारणालाई लिखितरुपमा दिएर केन्द्रीय कमिटी बैठकमा पेस गरिने गौतमले जानकारी दिए।

बैठकमा मंसिरमा हुने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने छ।

जेनजी आन्दोलनको बलमा सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाट पनि बिदा हुन पार्टी भित्रैबाट दबाब बढ्दै गएको बेला हुन लागेको केन्द्रीय कमिटी बैठकलाई चासोको साथ हेरिएको छ।

भण्डारीको सदस्यताबारे के होला ?

सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेल लगायतका धेरै नेताहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा सक्रिय हुन चाहेको हो भने पार्टीको सदस्ता रोक्न नहुने मत राखेका थिए।

तर, अध्यक्ष ओलीले त्यसबारे प्रष्ट धरणा राखेका थिएनन्। केन्द्रीय समिति बैठकमा के होला ? गौतम यो विषयमा छलफल नहुने बताउँछन्।

‘केही साथीहरूले कुरा उठाएका छैन्, त्यसमा छलफल त्यो हुँदैन,’ उनले भनेका थिए।

गत साउनमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सदस्यता नदिने निर्णय गरेको थियो।

Page Views: 112
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama