Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मधेशका निलम्बित सांसद सिंहसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

- shuvadmin / बिहिबार, असोज ३०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मधेश प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोजकुमार सिंहविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश संसदीय विकास कोष दुरूपयोग गरेको आरोपमा सिंहसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सिंह जनता समाजवादी पार्टी (जसपा) नेपालबाट महोत्तरी क्षेत्र नं ४ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

सिंहविरूद्ध ३८ लाख ५० हजार रूपैयाँभन्दा बढी बिगो दाबी गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

पूर्वगृहराज्यमन्त्रीसमेत रहेका उनी यसअघि पनि पक्राउ परेर तारेखमा छुटेका थिए ।

आरोपपत्रमा धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुना प्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवी, धर्मशाला एवं रामनारायणको घरदेखि रामबृक्षको गाछीसम्म निर्माण उपभोक्ता समितिको अध्यक्ष योगिन्दर महतो र कोषाध्यक्ष सुनयनाकुमारी, अधुरो कमलामाई मन्दिर रमालतमाईस्थानको कम्पाउण्ड वाल निर्माण उपभोक्ता समितिको अध्यक्ष राम नाथ सहनी र कोषाध्यक्ष स्वीकृती देवी भन्ने स्विकृती देवी, माईस्थान मन्दिरको सौन्दर्यकरण उपभोक्ता समितिको अध्यक्ष राम शरण खत्वे र कोषाध्यक्ष बिभा देवी खत्वे, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण निर्माण उपभोक्ता समितिको अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेश कुमारीलाई प्रतिवादी बनाइएको छ ।

साथै, देवी महारानी सौन्दर्यकरण निर्माण उपभोक्ता समितिको अध्यक्ष दिपाराजदेवी राजपुत र कोषाध्यक्ष भिखारी राउत कुर्मी, रधवा पिपलदेखि सहसौला अनेरभाट देखि जनता प्रा.वि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्रकुमार झा, रधवा पलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिका अध्यक्ष शम्भु कुमार मण्डल, रधवा पिपलदेखि सहसौला अनेरभाट देखि जनता प्रा.वि. हुँदै लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण उपभोक्ता समिति र रधवा पिपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नती निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष मन्जुदेवी पासमानलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता पौडेलले बताए ।

Page Views: 61
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama