Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नर्सहरूका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, तिहार बिदामा पनि काम गर्ने

- shuvadmin / सोमबार, कार्तिक ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पारिश्रमिकलगायत माग पूरा गर्न आन्दोलनरत नर्सहरूको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ।

प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठित समितिको पहिलो बैठक आइतबार बसेर उक्त निर्णय गरेको हो।

समितिका सदस्य डा। अनुप बाँस्तोलाका अनुसार नेपाल नर्सिङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा आन्दोलनरत नर्स प्रतिनिधि सहितको कार्यदल सातै प्रदेशमा गठन गरिनेछ।

कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने र श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै कार्य गर्ने बताइएको छ।

प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयमार्फत नर्सिङ स्वास्थ्यकर्मीहरूको सेवा, सुविधा र पारिश्रमिकसम्बन्धी विषयमा अल्पकालीन तथा दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना तयार गर्न कार्यादेश दिएकी थिइन्।

सो आदेशअनुसार सात दिनभित्र प्रतिवेदन तयार पार्ने गरी समिति गठन गरिएको हो।

समितिको पहिलो बैठकले तिहार तथा छठ पर्वका बिदा नजिकिँदै गरेको अवस्थालाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाटै अध्ययन र समन्वयको काम निरन्तर गर्ने निर्णय गरेको छ।

निर्णयमा भनिएको छ, “मिति २०८२/०७/०२ गते प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयअनुसार गठित कार्यदलले नजिकिँदै आएको शुभ दीपावली तथा छठ पर्वलाई मध्यनजर राखी भर्चुअल माध्यमबाट सम्पर्कमा रही आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।”

समितिको दोस्रो बैठक कात्तिक ९ गते बिहान ११ बजे बोलाइएको छ।

उक्त बैठकमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनसहित निजी क्षेत्रका प्रतिनिधिलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Page Views: 42
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
हावाहुरीसहित वर्षाकाे सम्भावना
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama