Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘दुर्गा प्रसाईं सुध्रेर जान्छ, तपाईंहरूको सहयोगको अपेक्षा छ।’ : ब्यावसायी प्रसाईं

- shuvadmin / आइतबार, कार्तिक १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफू सुध्रेर जाने बताएका छन्।

काठमाडौंमा आज प्रधान सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै प्रसाईंले भने, ‘दुर्गा प्रसाईं सुध्रेर जान्छ, तपाईंहरूको सहयोगको अपेक्षा छ।’

उनले अहिले आफू देशको विद्रोही पक्षजस्तो देखिएको पनि बताए।

‘म त अहिले देशको विद्रोही पक्षजस्तो देखिएको छु। तर, विद्रोही पनि होइन। तर, मेरा जति माग छन् ति जायज छन्,’ उनले भने।

मानिसहरूले आफूलाई ‘दुर्गा तिमीले धेरै बोल्यौ भनेको, बाटो बिराइस् भनेको’ उल्लेख गर्दै प्रसाईंले भने, ‘म धेरै बोल्दिनँ।’

उनले विदेशमा रहेका नेपाली स्वदेश फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिए।

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा आफू सरिक हुन्छु भन्दा पनि नदिइएको गुनासो उनको थियो।

‘जेनजी आन्दोलनमा म आफै सरिक हुन्छु भन्दा अनुमति छैन भनियो,’ उनले भने, ‘यसमा बालेनजीलाई धन्यवाद दिन्छु।

तपाईंले मलाई बचाइदिनुभयो। नत्र सबै जना आएर मेरो थुनामा हुन्थ्यो बास।’

उनले जेनजी आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्चमा आगजनी भएको तर दमकल समयमै नपुगेको बताए।

‘बालेनका नगर प्रहरीले दमकल पठाउनु भएन। आगो लगाउनेलाई पानी बाँडे,’ उनले भने।

उनले मुलुकमा राजसंस्था र हिन्दुराष्ट्र किन हटाउन परेको थियो भन्दै प्रश्न पनि गरेका थिए।

प्रसाईंले केही पुराना कुरा पनि गरेका थिए। २०५७ सालदेखि आफू माओवादीमा लागेको र प्रचण्डलाई २० वर्ष सहयोग गरेको उनले बताए।

साथै एमाले र माओवादी मिलाउन भूमिका खेलेको दाबी उनको थियो।

‘२०७४ को फागुनमा मेरो घरमा प्रचण्ड र केपी ओलीलाई मार्सी चामलको खाना खुवाएँ। दुई पार्टी एक हुन्छन् कि भनेर।

मलाई एउटै लोभ थियो( बीएण्डसी अस्पतालले सम्बन्धन प्राप्त गर्छ कि भन्ने।’

ओली र प्रचण्ड मिलाए पनि मेडिकल कलेजका लागि सम्बन्धन प्राप्त नभएपछि आफू सर्वोच्च अदालत पुगेको उनले बताए।

सम्बन्धन प्राप्त गर्न ओली र प्रचण्डको संगत छाडेर सर्वोच्च गएको र सर्वोच्चको आदेशबाट सम्बन्धन प्राप्त पनि भएको उनले बताए।

प्रसाईंले आफूमाथि बैंकको ब्याज नतिरेको आरोप लागेको भन्दै ब्याज तिरिराखेको उल्लेख गरे भने धेरै विजुली खपत गरेर र नियमित महसुल तिरेकोले सरकारबाट सम्मानित भएको पनि बताएका थिए।

Page Views: 58
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama