Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महामन्त्री शर्माले पेश गरे चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव

- shuvadmin / बिहिबार, कार्तिक १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनाव अघि पार्टीको महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव गरेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बिहीबार बिहान फोन सम्पर्क मार्फत महामन्त्री शर्माले चार विकल्पहरू सुनाएका हुन् ।

महामन्त्री शर्माले २७ देखि २९ मंसिरसम्म १५ औँ महाधिवेशन गर्न सकिने पहिलो विकल्प अघि सारेका छन् ।

कार्यसम्पादन समितिको बैठकमा अर्का महामन्त्री गगन थापाले पेश गरेको कार्यतालिका अनुसार नियमित महाधिवेशन गर्ने प्रस्तावलाई पारित गर्नुपर्ने पहिलो विकल्प राखेका छन् ।

व्यक्तिगत स्वार्थबाट माथि उठेर नियमित महाधिवेशनको कार्यतालिका पारित गर्नुपर्ने उनको राय छ ।

महामन्त्री शर्माले मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर गरिएको अवस्थामा त्यही समयभित्र विशेष महाधिवेशन गर्न सकिने दोस्रो विकल्प देखाएका छन् ।

विधानको १७ ९२० बमोजिम भएको व्यवस्था ‘केन्द्रीय समितिले चाहेमा’ विशेष महाधिवेशन हुन सक्ने भएकाले उक्त निर्णय गर्न सकिने महामन्त्री शर्माले बताएका छन् ।

महामन्त्री शर्माले विधानको सोही धारामा रहेको व्यवस्था अनुसार महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन गर्नुपर्ने तेस्रो विकल्पमा रहेको उल्लेख गरेका छन् ।

यो विकल्पमा पनि सहमति नभए १५ औँ महाधिवेशनका लागि पुस १६ देखि १९ गतेसम्म गर्न सकिने चौथो विकल्प अघि सारेका छन् ।

संस्थापक नेता बीपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर फर्केको दिनलाई स्मरण गरेर त्यही दिनबाट १५ औँ महाधिवेशन गर्न सकिने शर्माले बताएका छन् ।

केन्द्रीय समितिबाट निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मस्यौदा समिति गठन, महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन गर्नुपर्ने विषय समेत उल्लेख गरेका छन् ।

Page Views: 65
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama